Header Ads

त्यो जीवनको यो जीवनमा : नेपाली कविताहरु


त्यो जीवनको यो जीवनमा,
कुनी कसको माया बसेछ,
कसलाई भन्नु कहाँ खोज्नु,
साथ सुनसान भै झरेछ |


जिन्दगी तौलिने चार दिवार भित्र,
हाँस्ने रूहुने गरेको रहेछ,
दौडिन्दा दौडिन्दै कर्मनै,
पिंजड़ा भित्र परेको रहेछ |


आगोको पोखरीमा परेछ,
कसरी मैले जान्नु,
सबैको देख्छु जलेको बोली,
कुन डोरीले तान्नु |


बल्ल तल्ल जिन्दगीको,
तिन ढोका खोलिएछ,
पल्टाई पल्टाई जिन्दगी,
अगुल्ठोले झोसेर पोलिएछ |


तातो सिरकको न्यानो पनमा,
निरौता भै बाँची दिन्छ,
झुल्के घामको नयाँ धाममा,
सेतो भाले बासी दिन्छ |
कु ........कु.........री......काँ !!!!

आर्नोल्ड राई,
संत मे रीज हिल,
मई २८, २०१५.
Powered by Blogger.