Header Ads

गुड गाउँको घटना र हामी गोर्खाहरू

वंदना राई
नया दिल्ली।
मुलुकका ठूल्ठ्ला शहरहरूमा आज पनि गोर्खाहरू हेपिनु पर्दैछ, अवहेलित बन्नु पर्दैछ, लान्छनाहरू सहनु पर्दैछ। विशेष गरी उत्तरपूर्वी मानिसहरूको आफ्नै राज्य भए तापनि उनीहरू हेपिनुपर्छ भने, यौनजनित काण्डमा पीडित बन्नुपर्छ भने हाम्रो त अहिलेसम्म आफ्नो राज्य नै छैन भने हामी अझै हेपिइरहेका छौं, अझै पीडित भइरहेका छौं। किनकि हाम्रा राष्ट्रियस्तरका नेताहरू छैनन्। राष्ट्रिय स्तरका नेता बन्ने मौका नै छैन। आन्चालिक नेताहरूको केही जोर चल्न सकिरहे को छैन। त्यही भएर हामीले पाइलापछि चोटहरू सहनु परिरहेको छ। यही क्रममा 16 मई 2015 शनिबार राति दिल्लीसङ्ग जोडिएको हरियाणा राज्यको गुड गाउँ, नाथुपुरको बी 16,नरेश मार्केटको एउटा बिल्डिङ्गमा भएको घटना एउटाप्रमाण हो।दार्जीलिङ्ग, टिस्टा भेल्ली चियाकमानका युवाहरू विभिन्न जागीर गर्दै त्यो बिल्डिङ्गको पहिलो तलामा बस्दै आएका छन्। जबकि तेरुाो तलामा पनि काले बुङ्ग अनि दार्जीलिङ्ग काहरू बस्दै आएका छन्।एकजना पीडित सागर राईको कुराअनुसार त्यस बेलुका उसले फुटेको ग्लास भुइँतलाको बाहिर भएको फोहोर दान (डस्टबिन)मा फ्याँक्दा तथाकथित घरमालिकको छोराको खुट्टामा लाग्यो, किनकि त्यस इलाकामा बत्ती गएको हुनाले सागरले फुटेको ग्लास फोहोरदानीमा सठीक तरीकाले हाल्न सकेन। त्यसपछि तथाकथित घरमालिकको छोराहरूले हाम्रो केटाहरूलाई गाली गर्नथाले। सागर अनि उसका साथीहरूले क्षमा मागे। कुरा शान्त भयो। विश्व जीत, सागर, देवकुमार अनि अभिषेक कोठाको ढोका बन्द गरेर भित्रै बसिरहेका थिए। केहीक्षणमा तथाकथित घरमालिकका छोराहरू ठूलो सङ्ख्यामा रड अनि लाठीहरू लिएर आए त्यसपछि झ्यालफुटाई हाम्रा केटा हरूलाई कुटपीट गर्नथाले।विश्वजीतले चाँहि खाटमुनि पस्नेमौका पाएकोले बाँच्यो, तर सागर,देवकुमार अनि अभिषेकलाई तिनीहरूले मरणासन्न पारिसक्दा मात्र,घर मालिक आएर ती गुण्डा प्रवृतिका आफ्ना छोरा भनौदा केटाहरूलाई खेदि पठाए। यसबीचमा तेरुाो तलामा बस्ने सेलिना गुरूङ्ग र नर्बु शेर्पाले मोबाइलद्वारा 100 नम्बरमा तीनपटक जानकारी दिएतापनि पुलिश त्यहाँ आएन। तिनीहरूले गुडगाउँ, एमजी रोडअवस्थित पी सी 63, एसेल टावर, 1102 मा चीनी परिवारसङ्ग बसेर काम गरिरहेकी सागरकी दिदी, रिना अनि चिनाजानाहरूलाई खबर गरे।

बी 16 बिल्डिङ्ग ठूलो र अग्लो छ, जसमा थुप्रै मानिसहरू भाडामा बस्छन्। तर त्यस्तो ठूलोआक्रमण हुँदा पनि कसैले बीचबचाउ गरेनन्। यो घटना रातिको 11बजे भएको हो।रगतपच्छे भएर लाचार अवस्थामा सास लिइरहेका सागर, देव कुमार अनि अभिषेकलाई विश्वजीत, सेलिना गुरूङ्ग, नर्बु शेर्पा, रिना र अरूले गुडगाउँ, सिकन्दरपुरको रामकृष्ण अस्पताल पुरयाए। घाइतेहरूको गम्भीर अवस्था देखी त्यसअस्पतालले यो केसलाई नाथुपुरको नीलकण्ठअस्पतालमा रेफर गरयो। तीन जनामध्ये सागरको अवस्था सबैभन्दा गम्भीर थियो। त्यसैले उसलाई सफदर जङ्ग अस्पतालको ट्रामा सेन्टरमा रेफर गरियो। उसलाई त्यहाँ भर्ना गरून्जेल 17 मई आइतबारको बिहान 1:30 बजिसकेको थियो। सेलिना गुरूङ्ग, नर्बु शेर्पा, रिना अनि अरूले एफ आइ आर गर्न गुडगाउँ, डी एल एफ फेज 2, पुलिश स्टेशन गए, तर पुलिशले एफ आइ आर गर्न अस्वी कार गरयो। सेलिनाले रबर्ट तामाङ्गलाई पनि खबर गरी, उनले फेसबुकमा त्यो जानकारी सबैलाई दिए। तैपनि आइतबार त्यतिकै वित्यो। सोमबार समीर राईले फेसबुक मार्फत पाएको जानकारीलाई नै आधार मानी सबैलाई फोन गरेर बताए। यसरी उनी आफै 18 मई सोमबार दिउँसो 2 बजे सफदरजङ्ग अस्पतालको ट्रामा सेन्टरको छैटौं तला, एमरजन्सी वार्डको 22 नम्बर बेडमा सागर राईकोअवस्थाको जानकारी लिन पुगे। सेलिना, नर्बु अनि अरू सहयोग नपाएर त्यतिकै बसिरहेका थिए। त्यही बीचमा बन्दना राई पुगिन्। उनले आफ्नो सम्पर्कमा भए जति सबै राष्ट्रियसन्चारहरू लगायत पुलिशमा पनि खबर गरिन्। क्रमश उत्तम छेत्री, मनोज शङ्कर, राजेन छेत्री पुगेर,सांसद अनि पुलिशमा जानकारी गराएपछि भने सबै सक्रिय भए।उता गुडगाउँमा किरण बिक,रवि दियाली,एनबी प्रधान अनि अरूहरू सक्रिय भए। राष्ट्रिय टीवी आजतकले यो समाचारलाई प्रसारण गरयो। यति भइसकेपछि मात्र पुलिश अनुसन्धानमा जुट्यो।

19 मई मङ्गलबारसम्म 5 जना आरोपीहरू थुनामा परिसकेको जानकारी पुलिशले दियो।सन्चार माध्यमहरू निरन्तर आइरहे। 20 मई बुधबार किरण बिक, रवि दियाली, एनबी प्रधान अनि अरूको सक्रियतासहितको आयोजनमा गुड गाउँ को सहारा मलदेखि गलेरिया, फेज 5 पुलिश थानासम्म पीडितहरूलाई न्याय देऊ, अपराधीहरूमाथि धारा 307 अनि 153A  लगाऊ भन्ने नारा लगाउँदै जुलुसले परिक्रमा गरयो।उता नीलकण्ठ अस्पतालबाट ल्याइएका अभिषेक रदेवकुमारलाई समीर रेबेका राईले एम्समा भर्ना गराएको जानकारी भयो। यता थानामा निरन्तर नारा लगाइसकेपछि त्यहाँका प्रमुख, दीपक शरण बाहिर निस्केर आए र अपराधी हरूमाथि धारा 307 अनि 153A लगाएको जानकारी गराए। सबैजना आफ्नो उपलब्धिमा खुशी थिए। त्यसपछि सबै त्यहाँबाट फर्किने क्रममा थिए, त्यतिखेरै सब इन्सपेक्टर, बलजीत सिंहले यिनीहरू मोमो चाउमिन बेच्न दिल्ली आउँछन् र आइमाइहरू बेश्यावृत्ति गर्छन् भन्दै परिसरबाट निस्किन लागेको त्यहाँ उपस्थित केही मानिसहरूले सुनेर तत्कालै उसको पछिपछि खेद्दै गए। तर बलजीत गाडी लिएर भागि हाल्यो। फेरि घुइँचोले चर्किएर, पुलिश प्रशासन मुर्दावाद, वर्णभेदी पुलिशलाई समात,भन्दै निरन्तर नारा लागिरह्रो। स्थिति तनावपूर्ण अनि नियन्त्रण देखि बाहिर हुने देखेर सीपी, रमेश पाल आएर किरण बीक, बन्दना राई र राजेन छेत्रीलाई बोलाएर बातचित गरे। त्यसपछि बाहिर आएर घोषणा गरे, बलजीतको मुद्दामाथि हामी अनुसन्धान गरी दोषी पाइए, दश दिनभित्रमा कानूनी कार्वाही गर्ने छौं।तर घुइँचोले, कार्वाही चौबीस घण्टामा हुनुपर्छ भन्ने माग राख्यो। सीपीले हाम्रो पूर्ण प्रयास रहनेछ, मेरो फोन नम्बर दिएको छु,कसैले पनि सोध्नसक्नुहुनेछ भनेर आश्वासन दिए। यति भइसकेपछि सबैजना घाइतेहरूलाई हेर्न नाथुपुर गए। त्यही बेलुका सागरकी दिदी, रीनालाई तिमीहरूले मुद्दा फिर्तागर भनेर आफूहरूले न्याय दिलाउनेछन् भन्ने आशागरेको व्यक्तिबाट फोन पनि आयो।तर रीनाले यस प्रस्ताव लाई अस्वीकार गरिदिइन्।

21 मई बिहीबार सबै गोर्खाहरू पीडितहरूलाई सुरक्षित ठाउँमा सरूवा गराउने पहलमा जुटे। अर्कोतिर टिस्टाभेल्लीबाट स्थानीय पार्षद,नर्बुजी लामा दिल्ली आइ पुगिसकेको जानकारी पाइयो।उनी 22 मई शुक्रबार घाइतेहरूलाई हेर्न नाथुपुरगए। उनले जीटीए प्रमुख बिमल गुरूङ्गको आदेश अनि आफ्नो व्यक्तिगतरुपमा आफू ले सक्ने सबै सहयोग गर्न कटिवद्ध रहेको बताए। 23 मई शनिबार घाइतेहरूलाई ट्रामा सेन्टर हुँदै 7/5 हिलिङ्ग टच अस्पताल, सर्वप्रिय विहारमा भर्ना गरियो। तर पीडितहरूलाई सहयोग गर्ने निहुँमा केही गोर्खा हरूले आफ्नो दूनो सोझ्याउने काम गर्दै पीडितहरूलाई तिमीहरूको त गाउँमापनि राम्रो अवस्था थिएनरहेछ,तिमीहरूले योमुद्दा फिर्ता लिनुपर्छ भन्ने प्रस्ताव राखे।यसका साथै आफ्नो संस्था, समाज, धर्म, पार्टी सम्पूर्ण कुरा विर्सेर मात्र गोर्खाहरू भएर पीडितहरूलाई न्याय दिलाउन कटि वद्ध भएका सबैजना त्यतिबेला निराश भए, जतिबेला यो मुद्दालाई राजनीतिसङ्ग जोडियो। सिलगढ़ीबाट निस्किने समाचारपत्रमा पनि झुटो समाचार छपाउने दु:स प्रयास गरियो। यसरी एकवद्धभएका गोर्खाहरूले पक्रा परेका पाँचजनाबाहेक अरू लाईपनि पक्रने दवाबदिनका लागि जन्तरमन्तरदेखि राजघाटसम्म निकाल्ने योजना बनाएको मुखमा कालोपट्टी बाँधेर निकालिने मौन जुलुसलाई पनि रद्द गर्नुपरयो। कुरा के हो भने,एक त पीडितहरूको अवस्था राम्रो थिएन रनै उनीहरू रोजगारका लागि यतिटाढा आएका हुन्। त्यही माथि आक्रमण भएर पीडित हुँदा आफ्नैहरूले यस्तो कपटी कार्य गर्दा सबैको मनमा चिसो पस्नु स्वभाविक कुरा हो। अब जुन सोचेको, गर्न चाहेको प्रयास सफल हुन सकेन। मात्र यति भन्नु पर्छ, पीडितहरू चाँडो निको होउन् अनि उनीहरूले न्याय पाउन्।

(लेखिका युवा पत्रकार हुनहुन्छ )










Powered by Blogger.