Header Ads

35 करोड लगानीमा हजार घर बनाइदिने एनआरएनको घोषणा

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ । संघले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो । हजार घर बनाउनका लागि करिव ३५ करोड रुपैयाँ लगानी हुने अनुमान गरेको एनआरएनका अध्यक्ष शेष घलेले बताए । भूकम्प प्रभावित जिल्लामा राहत वितरण गरिरहेको संघले वर्षातमा घरबारबीहिन झनै पीडित हुने ठहर गरी घर बनाइदिन जुटेको हो । कुन-कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने बिषयमा अध्ययन गर्न संघले समिति समेत बनाइसकेको छ । समितिले इन्जिनियर, विज्ञ तथा सरकारसँग छलफल गरी प्रतिवेदन बुझाउने छ । ‘सोही आधारमा हामीले भूकम्प प्रभावित बिपन्न तथा आय-आर्जनको व्यवस्था नभएका परिवारको छनौट गरेर घर निर्माण प्रकृया सुरु गर्नेछौं’ अध्यक्ष घलेले भने । अहिले भूकम्पका कारण स्थानीयबासीहरुको आत्मविश्वास गुमेको छ । यही कारण उनीहरु अबसरको खोजीमा बसाइ सराईं गर्ने सम्भावना रहेको र त्यसले दीर्घकालिन समस्या उत्पन्न गर्ने ठहर संघको छ ।

Powered by Blogger.