Header Ads

दन्ते कथा र किम्बदन्तीहरुमा : नेपाली कविताहरु


दन्ते कथा र किम्बदन्तीहरुमा सिउरेको
मेरो जुजू-बाजेको बीरतालाई
जति अर्जापेर टलक्क पार्न खोजे पनि
पाइन् बसेको जस्तो लाग्दैन

अर्कालाई बाटो छेकेर घात लगाउने रणकौशलता
एन्टी-ट्यांक माइन चेपेर सोझै चेन मुनि पस्ने जोश
बन सुइरोको फूल खाएर महिनौ लड्ने योद्धाहरुलाई
किन विश्वको पहिलो कमान्डो भनिएन?

मर्नु-मार्नुको खेती गर्नेलाई दस्तावेजको के परवाह?
हामीले बना'को तांगोले बर्मामा अझै जीविका चल्दैछ रे
हामीले बसाको बस्तीबाट अझै पनि खेदिन्दैछ रे
हाम्रै मान्छेहरु

आश्वासनको तक्मा टाँसेर
इमान्दारी साटी खाने अनुवंसिकता
हुर्की रहेछ आज पनि
त्यसैले
भित्तामा झुन्डिएका बाजेको मेडलहरु झिकेर
खोप्पी खेलूं कि पो भन्दैछु...

Powered by Blogger.