Header Ads

लोग्नेले लुकाएको ३० लाखमा आगो झोँसेर स्वास्नीले पकाइन् चिया

प्रायः मानिसहरु आफ्नो घरमा चोरीको डरले पैसा बैंकमा राख्छन् र घरमै राख्न परेपनि पनि लुकाइ छिपाइ राख्छन् । मानिसहरुले चोरी वा अन्य डरले विभिन्न तरिकाबाट पैसा लुकाउने गर्छन् र त्यसरी लुकाइएको पैसा कहिलेकाहीँ मुसाले काटिदिएको, हावाले उडाइदिएको, धमिराले धुलैधुलो बनाइदिएको भन्ने जस्ता समाचार समेत सुन्नमा आउँछन् । चीनमा एक व्यक्तिले चोरीको डरका कारण आफ्नो धन लुकाउनु निकै महंगो परेको छ । ती व्यक्तिले जतन गरी लुकाएको पैसा उनकै श्रीमतीले आगोमा झोँसिदिइन् र सोही पैसा जलेर बलेको आगोमा चिया पकाएर खाइन् । चीनको शाओशानमा बस्ने एक दम्पतीले आफ्नो गल्तीको ठूलो मूल्य चुकाउनुपरेको छ । लोग्नेले आगो नबालेको अवस्थामा चुल्होमा लुकाएको झण्डै ३० लाख रुपैयाँ बराबरको पैसामा श्रीमतीले अज्ञानताबस आगो झोँसिदिइन् । चुल्होमा आगो बाल्दा उक्त पैसा खरानी भयो ।

३५ वर्षका ती बेंग नामका पुरुषले आफ्नो निर्माण कम्पनीमा काम गर्ने मजदूरहरुलाई तलब दिनका लागि बैंकबाट एक दिन पहिले नै रकम झिकेर घर ल्याए । चोरी हुने डरले बेंगले उक्त रकम आगो आगो नबालिएको चुल्होमा लुकाए । आफुले चुल्होमा पैसा लुकाएको कुरा उनले आफ्नी श्रीमती हाओलाई समेत सुनाएका थिए । तर अर्को दिन बेंगकी पत्नीले चिया पकाउँदा चुल्होमा पैसा लुकाएको कुरा भुलिन् र उक्त पैसा ननिकालिकनै चुल्होमा आगो बालिन् । जब उनलाई चुल्होमा पैसा रहेको कुराको सम्झना भयो, त्यस बेलासम्म निकै ढिला भैसकेको थियो र रकम सबै जलिसकेको थियो । अलिकति बचेखुसेका नोटका टुक्रा लिएर बैंकमा सहटी गर्न गएपनि बैंकले नोट धेरै जलिसकेको भन्दै सटही गरेर नयाँ नोट दिन अस्विकार गरेपछि बेंग ठूलो आर्थिक भारमा परेका छन् ।

Powered by Blogger.