Header Ads

महाशिवरात्री पर्वमा काठमाण्डूको पशुपति मंदिरका तस्वीरहरु

काठमाण्डू। महाशिवरात्रीको पर्वको अवसरमा काठमाण्डूको पशुपतिनाथको मन्दिर वरपर देश विदेशबाट आएका हिन्दु तिर्थयात्रुहरुको भीडभाड बढ्ने गर्दछ। यो अवसरमा हिन्दु भक्तजनहरुले रातभर जाग्राम बसेर हिन्दुहरुले भगवान शिवको पुजा आराधना गर्ने गर्दछन्। पशुपतिनाथको मन्दिरमा यसपाला भारतबाट आउने साधु सन्त र दर्शनार्थीहरुको घुँइचो बढेको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुले बताएका छन्। पशुपतिमा मंगलबार मध्यरातीसम्म करिव १० लाख दर्शनार्थीहरु आउने अनुमान अधिकारीहरुको छ। केही महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको भ्रमण गर्दै त्यस्को महात्म्यबारे मुक्तकण्ठले प्रसंसा गरेका थिए। 
 
बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकपाल र खरानी घसेको जटाधारी रुप हेर्न बागमती पारिपट्टी युवाहरुको घुँइचो लागेको थियो। महाशिवरात्रीको अवसरमा काठमाण्डू शहरको पुर्वपट्टी रहेको पशुपति क्षेत्र वरपर झिलिमिलि बत्ती र ध्वजापताका र रंगीचंगी माला टांगेर दुलही झैं सिगारिएको हुन्छ। शिवरात्रीको अवसरमा पशुपति क्षेत्रको वातावरण भजन र भक्तीसंगीतको धुनले गुञ्जायमान रहने गर्छ। धुप र फुलको सुगन्धित महौलमा पशुपतिनाथको ज्योतिर्लिङ्गको दर्शन र पुजा गर्न विहानै देखि मन्दिरको चारैतिरबाट दर्शनार्थीहरु लामबध्द भएका थिए। मन्दिर नजिकैका देवलमा पनि साधु सन्त तथा आगन्तुकहरुको भीड थियो। 
 









 
Powered by Blogger.