Header Ads

इजरेली प्रधानमन्त्रीद्वारा दुई मन्त्री बर्खास्त

बीबीसी
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले गठबन्धन सरकारका दुईजना मन्त्रीहरुलाई बर्खास्त गरेपछि इजरेलमा निर्धारित समयभन्दा चाँडै निर्वाचन हुने देखिएको छ। उनले संसद पनि भंग गर्न चाहेको बताएका छन्। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले अर्थमन्त्री याएर लपिद र न्यायमन्त्री सीपि लिभ्नीले गठबन्धन सरकार र आफ्नो निकै आलोचना गरेको बताए। इजरेलको नेतृत्व गर्न स्पष्ट जनमत लिनका निम्ति आफूले निर्धारित समयभन्दा दुई वर्ष अगावै निर्वाचन गराउन चाहेको उनको भनाई छ।

मतभेद
आर्थिक र राजनीतिक नीतिसम्बन्धी श्रृंखलाबद्ध मतभेदका कारण इजरेललको गठबन्धन सरकारभित्र तनावपूर्ण सम्बन्ध रहेको बताइन्छ। मंगलबार पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहुले भने, “वर्तमान गठबन्धनसंग रहेर सरकारको नेतृत्व गर्न निकै गाह्रो थियो। एक शब्दमा त्यसलाई कू भनिन्छ। र, त्यसले सरकार सञ्चालन गर्न असम्भव तुल्याउँछ। देश चलाउन असम्भव तुल्याउँछ।” उनले थपे, “सरकारभित्रै मैले एउटा विपक्षीको सामना गर्नेछैन्। राजनीतिक स्वार्थले प्रेरित भई राष्ट्रियस्तरमा गैरजिम्मेवार हुँदै मन्त्रीहरुले सरकारभित्रैबाट नीतिको र नेताहरुको विरोध गरेको मैले सहन गर्नेछैन्।” यश आतिद पार्टीको नेतृत्व गर्ने अर्थमन्त्री लपिदसंगको छलफल सोमबार राति विना कुनै सहमति टुंगिएपछि प्रधामन्त्रीको भनाई सार्वजनिक भएको हो।

कायरतापूर्ण
यहुदी प्रकृतिको इजरेलको स्वरुप सुदृढ गर्नेसम्बन्धी एउटा विधेयकको विषयवस्तुलाई लिएर नेतन्याहु र दुई मन्त्रीहरुबीच मदभेद रहेको बताइएको छ। दुईजना मन्त्रीहरुलाई बर्खास्त गर्ने नेतन्याहुको कदमलाई उक्त पार्टीले उसकै शब्दमा कायरतापूर्ण र नियन्त्रण गुमाएर गरिएको कार्यको संज्ञा दिएको छ। एउटा आर्थिक सम्मेलनमा बोल्दै लपिदले इजरेललाई अनाश्यक निर्वाचनका लागि प्रधानमन्त्रीले धकेलेको टिप्पणी गरे। बीबीसीका इजरेल संवाददाता भन्छन्, कट्टर यहुदीहरुको प्रतिनिधित्व गर्ने धार्मिक पार्टीहरुलाई नयाँ सरकारमा सहभागी गराउनका निम्ति नेतन्याहुले चाँडै निर्वाचन गराउन चाहेको हुन सक्छ।

Powered by Blogger.