Header Ads

विश्वको सबैभन्दा सानो बाइबल, पढ्नका लागि माइक्रोस्कोप चाहिने

इजरायलमा विश्वकै सबैभन्दा सानो बाइबल तयार गरिएको छ । जेरुसेलम नानो बाइबल कम्पनीले ५ मिलिमिटर अर्थात् ०.२ इनच लामो इसाइ ग्रन्थ बाइबल तयार गरेको हो । इसाइहरुको धर्मग्रन्थ बाइबलका सबै अक्षरहरु लेखिएको यो सुक्ष्म बाइबल घाँटीको मालामा झुण्डाउन सकिन्छ र घडिको भित्रपट्टी लगाउन पनि सकिन्छ । साथैँ औलामा समेत बेर्न सकिन्छ । यो बाइबलको हालै उत्तरी इजरायलमा आयोजित एक समारोहमा प्रदर्शन गरियो । कम्पनीले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा यो बाइबललाई सबैभन्दा सानो बाइबलको रुपमा दर्ता गराउन औपचारिक दाबी पेश गरेपछि गिनिज बुकले अझै मान्यता दिइसकेको भने छैन । सुरुमा यो नानो बाइबलका २७ प्रति प्रकाशन गरिएको छ । यो बाइबल ल्याटिन भाषामा लेखिएको छ । बाइबलको पानाको रुपमा रहेका हरेक चिप सिलिकन वाफरबाट बनेको छ । हरेक अक्षरको चौडाइ ०.१८ माइक्रोन रहेको छ । विश्वमा अहिलेसम्म सबैभन्दा सानो बाइबलको रुपमा भारतमा बनेको १.१ इन्च लामो, १.३ इन्च चौडा तथा ०.३९ इनच मोटाइको बाइबलले गिनिज बुकमा दर्ता छ । 

Powered by Blogger.