Header Ads

विश्वकै ठूलो क्रिसमस ट्री, बन्यो नयाँ विश्व किर्तिमान

इशाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा एउटा नयाँ अनौठो विश्वरेकर्ड कायम भएको छ । झण्डै ३ हजार मानिसहरु मिलेर ‘विश्वकै ठूलो मानव क्रिसमस रुख’ बनाएर किर्तिमान कायम गरिएको हो । यो किर्तिमान होण्डुरसको नाममा दर्ज भएको छ । राजधानी टेगुसिगाल्पामा गएको डिसेम्बर १ मा २ हजार ९ सय ४५ जना मानिसले एक टाउँमा जम्मा भएर क्रिसमस ट्री निर्माण गरे । मानव क्रिसमस ट्री निर्माण गर्नका लागि ताराको रुपमा पहेँलो शर्ट लगाएका मानिसहरु, सिंगारका रुपमा रातो शर्ट लगाएका मानिसहरु तथा रुखका हाँगाको रुपमा हरियो शर्ट लगाएका मानिसहरु उभिएका थिए। 
     गिनिज बुकका प्रतिनिधि कार्लोस मार्टिनेज उक्त किर्तिमानी समारोहमा उपस्थित थिए । राष्ट्रपति जुआन ओर्लान्डोले हँसिलो मुद्रामा आफ्नो निवास बाहिर गिनिज बुकका प्रतिनिधिबाट विश्व किर्तिमानको प्रमाणपत्र थापे । स्मरण रहोस् सबैभन्दा ठूलो मानव क्रिसमस ट्री को किर्तिमान यसअघि थाइल्याण्डको नाममा थियो । सन् २०१३ मा ८ सय ५२ जना थाइ बालबालिका मिलेर बनाएको मानव क्रिसमस ट्री विश्वको सबैभन्दा ठूलो मानव क्रिसमस ट्री को रुपमा थियो । पछिल्लो किर्तिमानले गरिबीबाट प्रताडित मध्य अमेरिकी देश होण्डुरसका जनतालाई केही भएप्नि खुसी मिलेको बिजनेस इनसाइडरले लेखेको छै । स्मरण रहोस् होण्डुसर विश्वमा सबैभन्दा बढि आमहत्या हुने देश हो । 

Powered by Blogger.