Header Ads

गोरखा चेली "सिस्टर निर्मला" : एक परिचयमुलक लेख

- सेबन्त पोख्रेल परदेशी
सिस्टर निर्मलाज्यूको जन्म सन १९३४ राँची बिहार, हालको झारखण्ड राज्यमा भएको थियो | वाहाँकोराष्ट्रियता सन १९३४ देखि १९४७ सम्म ब्रिटिश इंडियन (ब्रिटिश भारतीय) रहेको थियोभने, सन १९४७ देखि मात्र इंडियन (भारतीय) रहेको छ । वाहाँ एक नेपाली मूलका हिंदू-ब्राह्मण परिवारमा जन्मीनु भएको थियो | वाहाँको बूबा भारतीय सेनामा जागीरे अफसर हुनुहुन्थ्यो | सिस्टरनिर्मलाज्यूको असल नाम निर्मला जोशी हो । पटना, बिहारमा ईसाई मिशनारिहरु द्वारा संचालनगरिएको स्कूल बाटनै वाहाँको शिक्षा दीक्षागराइएको थियो | आफ्नो २४ वसन्तको उमेर सम्म वाहाँ हिंदूनै हुनुहुन्थ्यो, जब वाहाँले मदर टेरेसाको कामको बारेमासुन्नु अनि जान्नु भयो तबमात्र सन १९५८ को अन्त्यमा रोमन कैथलिकधर्म अपनाउनु भएको हो, र १७वर्षको उमेरमा वाहाँले मदर टेरेसाज्यूको मिशनरीज़ ऑफ चैरिटीमा भाग लीनूभएको थियो । 

सिस्टर निर्मलाज्यूले राजनीतिशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गर्नु भएको छ, तथावाहाँले मिशनरीज़ ऑफ चेरिटीमा भर्ना भए पछि अधिवक्ता/ वकालतमा पनि प्रक्षिक्षण प्राप्त गर्नु भएको छ, वाहाँती सिस्टर सदस्यहरुको ग्रुपमा सामेल हुनुहुन्थ्यो जसलाई मिसनको निम्ति पनामा राष्ट्रपठाइएको थियो । सिस्टरनिर्मलाज्यूले सन १९७६ मा मिशनरीज़ ऑफ चैरिटीको मननशील/चैतन्य शाखाको गठन /शुभारम्भगर्नु भयो तथा तेसको मुख्यपदमा तब सम्म अधिस्ठिथ रहनु भयो जब सम्म वाहाँ लाईमिसनकी सुपीरिअर जनरलको पदमा चयनितगरिएन । मदर टेरेसाज्यूको मृत्युपरान्त सन् १३ मार्च १९९७ बाट सिस्टर निर्मलाज्यूले मिशनरीज़ ऑफ चेरिटीको सुपीरिअरऑफ जनरलको पद २५ मार्च २००९ सम्म सम्भाल्ल्नु भएको हो | सन् २००९ मा भारत सरकार द्वारा सिस्टर निर्मलाज्यू लाई पद्म विभूषण सम्मान द्वारा सम्मानित गरियो ।

तेरह वर्षको लामो अवधि पश्चात सन २५ मार्च २००९ मा वाहाँ आफ्नो पद बाट सेवानिवृत्त (पद बाट मुक्त) हुनु भयो र हालमा जर्मनिकी महिला सिस्टर मैरी प्रेमाज्यूले वहाँको पदभार सम्भाल्नु भएको छ । शान्त, शुशीलअनि सधै धेर्यवान रहने सिस्टर निर्मलाज्यूको स्वभावले मदर टेरेसाज्यू सारैप्रभावित हनुहुन्थ्यो, वाहाको वाकपटुता र कर्मनिष्ठाले गद-गदभै वहाँलाई आफ्नो उत्तराधिकारी मान्नु हुन्थ्यो । पत्र-पत्रिकाको लेखाई अनुसारजहीले पनि आफ्नो अन्तरवार्ता हरुमा मदर टेरेसाज्यूले सिस्टर निर्मलाज्यू लाई आफ्नोदाहिने हाथ र मिशनरीज़ ऑफ चेरिटीको उत्तराधिकारी बताउनु हुन्थ्यो भनी,सिस्टर निर्मलाज्यूले आफूलाई मदर टेरेसाको सन्तान हु भन्ने गर्नु हुन्थ्यो, ई साभार तथ्य हरुले मदर टेरेसाज्यू र सिस्टर निर्मलाज्यूको पारस्पारिक सम्बन्धअनि वाहाँहरुको मेल-मिलाप कति गहीरो अनि घनिस्ठताको थियो हामी हरुलाई छुट्याऊँनगारो नपर्ला भन्ने ठान्दछू ।

संकलक - सेबन्त पोख्रेल परदेशी, नयाँदिल्ली-67
(नोट:- बिभिन्न पत्र पत्रिकातथा गूगलको सहयोग बाट साभार। )

!! अग्रसरको पथमा नारी !! तिम्रा हरएक पाइलाहरु......भाग- 1 देखि
  

Powered by Blogger.