Header Ads

एउटै हो बोट लाँखौ छ हाँगा : नेपाली कविताहरु


एउटै हो बोट लाँखौ छ हाँगा,
दार्जीलिंग जिल्ला मा,
पुर्खाको पीर छोडेको तिर,
ठोकेको किल्लामा |


घंचेटी मांग्नु खुट्टालाई तान्नु,
एउटै हो यहाँको रोग,
गर्छु म ढोग नगर्नु सोक,
चाँहिन्दैन अरु थोक |


आँगनमा खेली ए छोरी चेली,
नभुल्नु कहिले गुनिउं र चोली,
गोर्खाको बोली फेर्केर आउँछ,
ज्याल ढोका खोली त्यो दिन नै भोली |


भविष्य छ है सम्हाली राख,
एकता को बंधनमा,
हाम्रो यो जीवन बितेर गयो,
बेकार को गन्थन मा |


रहेको जीवन घोंचेर सकियो,
काँड़ा को घारी मा,
भोलीको जिन्दगी हुन्छ कि
हुँदैन,
पन्ना को बारी मा |


माइती को टिका अल्झीएछ आज,
चेली को पारी मा,
भाग्यको रेखा मेटिएको रहेछ,
बिदा को साड़ी मा |


फुलको माला सुकेर जाला,
अभागी शिरैमा,
माइतीको को माया छोडेको छु है,
खोलाको तिरैमा |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
Powered by Blogger.