Header Ads

काजकिस्तानको एउटा गाउँमा फैलियो ‘सुत्ने महामारी’

मानिसहरु दिउसोमा काम गर्छन्, रातमा आराम गर्न सुत्छन्। तर काजकिस्तानको एउटा गाउँमा भने चार वर्षदेखि गाउँलेहरु दिनरात नै सुत्ने गरेका छन्। यो उनीहरुको रहर नभै बाध्यता हो । वास्तवमा काजकिस्तानको उत्तरी कालाती गाउँका मानिसहरुमा ४ वर्षदेखि दिउसोमा निदालउने रोग देखा परेको छ। जसका कारण गाउँलेहरु दिनभर सुत्न बाध्य छन् । दिउसो मात्र होइन रातमा पनि उनीहरु उसैगरि सुतिरहनु परेको छ । यो समस्या दिनदिनै बढ्दै गइरहेको छ । दिउसोमा निद्राको सिकार भैरहेका कालाचीका मानिसहरु अब बिर्सिने, थकाइ लाग्ने, उभिनै नसक्ने, वाकवाकी लाग्ने तथा अनौठो खाले व्यवहार समेत देखाउन थालेका छन् । गाउँका १४ प्रतिशत मानिस अर्थात् झण्डै ६ सय जनामा दिउसो निदाउने रोग देखा परेको छ ।

 ६० जनालाई त अस्पताल भर्ना नै गर्नुपरेको छ। गाउँलेहरुमा के कारणले यस्तो समस्या उत्पन्न भैरहेको छ भन्ने कुराको पत्तो पाउन डाक्टरहरुले समेत सकिरहेका छैनन्। यसलाई स्लिपिङ इमिडेमिक अर्थात् सुत्ने महामारीको नाम दिइएको छ । यो समस्याबाट ग्रसित मानिसहरुको मस्तिष्कमा एक प्रकारको तरल पदार्थ पाइएको छ । तर यो तरल पदार्थ के हो ? कसरी बनेको हो र यसमा के रसायन छ ? भन्ने कुराको चुरो भने पत्ता लागिसकेको छै। स्थानीय बासिन्दाहरु भने रुस तथा काजकिस्तानका युरेनियम खानीहरुका कारण मानिसहरुमा यस्तो समस्या देखिएको आरोप लगाएका छन् । तर वैज्ञानिकहरुले भने युरेनियम खानीमा काम गर्ने मानिसहरुमा त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा टाढाको गाउँका मानिसमा यस्तो लक्षण देखिनुमा युरेनियमको असर रहेको भन्न सकिने अवस्था नरहेको बताएका छन्।

- Online khabar

Powered by Blogger.