Header Ads

भारतमा अन्तर्भुक्त भएको कालेबुङको 150 औँ वर्ष सम्पूर्ण

चेवांग योञ्जोन 
कालेबुङ। कालेबुङ ब्रिटिस भारतमा अन्तर्भुक्त भएको 150 औँ वर्ष पुगेको छ। 6 दिसम्बर 1864 देखि कालेबुङ ब्रिटिस भारतको एक अभिन्न अङ्क बनेको थियो। 6 दिसम्बर 1864 मा दालिमकोट किल्ला अनि यसको अधिकारमा रहेका सम्पूर्ण क्षेत्रलाई ब्रिटिस इण्डियाको अधिकारमा ल्याइएको थियो। यसदिन कालेबुङलाई भुटान प्रशासनमुक्त गरेर भारतको एउटा अङ्ग बनाएर ब्रिटिस भारतीय सामराज्यमा अन्तर्भुक्त गरिएको थियो। यसैले 6 दिसम्बर कालेबुङबासीका निम्ति ऐतिहासिक सामाजिक एवं राजनैतिक पक्षबाट पनि उत्तिकै महत्त्वपूर्ण दिन मानिएको छ। यसैले भोलि गोर्खा जनमुक्ति मोर्चाले कालेबुङको 150 औँ वर्षगाँठ पालन गर्ने भएको छ। टाउनहलमा हुने यस कार्यक्रममा स्रोत व्यक्तिहरूले यसको ऐतिहासिक पक्षहरूबारे जानकारी गराउनेछन्। कालेबुङको यस गौरवमय इतिहासलाई मोर्चाले वर्षभरि नै विविध कार्यक्रमहरू गरेर पालन गर्ने भएको मोर्चा महकुमा समितिका सचिव कुमार चामलिङले जानकारी गराएका छन्। 

यसदिनलाई मोर्चाले इतिहासिक दृषिकोणले धेरै महत्त्वपूर्ण ठानेको छ। स्थानीय प्रबुद्ध नागरिक गणेशमणि प्रधानले भने अनुसार 152 वर्षसम्म भुटानको अधिनमा रहेको कालेबुङलाई 6 दिसम्बर 1964 कै दिन ब्रिटिस इण्डियाको एउटा अङ्क बनाइएको हो। गोरूबथानको अम्बियोकमा राखिएको शक्तिशाली आम्सट्रोन्ड बन्दुक ल्याएर किल्लालाई तहसनहस पारी 20 औँ पञ्जाब सेनाले यसलाई आफ्नो कब्जामा लिएको हो। जुन कुरा सर्जन रिन्नीद्वारा लिखित पुस्तक "स्टोरी अफ् भूटान एण्ड डुवर्स"-मा उल्लेख रहेको उनले जनाए। यता क्रामाकपाले पनि 6 दिसम्बर कालेबुङका निम्ति महत्त्वपूर्ण दिन रहेको बताएको छ। दलका केन्द्रिय उपाध्यक्ष जेबी राईले भने अनुसार इतिहासलाई बचाएर राख्नु नै आफ्नो जिम्मेवारी हो। उनले भने, आफू बसेको ठाउँ, भाषा, इतिहासलाई जबसम्म केलाएर हेर्न सक्दैन तबसम्म हामी दह्रिलो भएर उभिन सक्दैनौँ। 

उनले अझ भने अनुसार गोर्खाहरू भारत गणतान्त्रिक देशलाई आफ्नो देश मानेर बाँचिरहेका छन्, देशप्रति समर्पित छन्। यसैले आफ्नो हक अधिकारको कुरा इतिहाससित सम्बन्धित हुने भएकाले इतिहासलाई धरोधर बनाएर भावी कार्यक्रम अघि बढाएर लानुपर्ने उनको सुझाउ छ। यसरी नै शिक्षाविद् पीआर प्रधानले पनि ऐतिहासिक पक्षहरू केलाउँदै यसबाट पनि यो भूभाग बङ्गालको कहिले नरहेको कुरा पुष्टि हुने उनको तर्क छ। यसबेलाको भौगिलिक अवस्थानहरूबारे जानकारी गराउँदै उनले भारतीय गोर्खाहरूलाई बिदेशीको लाञ्चना लगाउनु केवल अनभिज्ञता रहेको बताएका छन्।

Powered by Blogger.