Header Ads

गोर्खा समाजमा मृत्यु संस्कार अनि तानाबानाहरुमा संसोधनको खाँचो

- बोगीराम गोर्खा भण्डारी, गहपुर असम
 
सन 2007 तिरै गुवाहाटीको पञ्जाबारी शाखा, नेपाली साहित्य परिषदले विश्वव्यापी गोर्खा महाजातीको मृत्यु संस्कारलाई समयको साथ संसोधन गर्नुपर्ने अतिनै व्यापक र सामयीक चिन्तनले देशवार्ता साप्ताहिक, हाम्रोध्वनी र सपरिवार मासिक पत्रिकाको माध्यमले यस प्रकारको सर्वेक्षण चलाएको थियो। पत्राचार गरेर सहमति जनाएको थिएँ र त्यो प्रतिलिपी पनि संरक्षित राखेको थिएँ। परिस्थिति परिवेश र त्यो गहन जरूरी विषयमाथी चर्चा गरिदैं छ:-

( हुवहु प्रस्तुति-“गोर्खा महाजातिको संख्याधिक क्षेत्री-बाहुनहरुले पालन गर्ने मृतकको किरिय पद्धति धेरै रुडीवादी भएकोले यसलाई केही संस्कार गर्ने DQ सर्वेक्षणकोलागी हामीले केही प्रश्नावली प्रस्तुत गरेका छौं,कृपया आ-आफ्नो विचार लेखी पठाउने कष्ट गरिदिएमा हामी आभारी रहने छौं-सम्पादक पञ्जाबारी नेपाली साहित्य परिषद सेप्तेम्बर 2007)।

1) मान्छे मरिसके पछि मुक्ति कसरी पाँउछ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क) जिवीत छँदा उस्ले गरेको सामाजिक,जातीय,मानवीय काम, सेवा अवदानले।(ख)किरियापुत्रीले पालन गरेको कठोर व्रत, निस्ठा र दान दक्षीणाले (ग)जिँउदाहरुले पुराणकथा सुनिदिनाले?(घ) जान्दिन।

2) वर्तमान परिस्थितिमा 13 दिने किरिया पद्धति पालन गर्ने नियमहरूलाई संसोधन गर्नुमा समर्थन गर्नु हुन्छ?13 दिनलाई घटाएर 7 दिनमा शुद्धायीँ गर्ने विधि व्यवस्था गरिनु पर्छ।
एउटा जवाफ चयन गर्नुपर्ने:- क) गर्छु (ख) गर्दिन (ग) जान्दिन

3)किरिया गर्दा गरूड पूरान लगाउँदा हुने उपकार र नलगाउँदा हुने अपकार के के हो? मृतकको मोक्ष हुनलाई गरुड पूरान अनिवार्य हो भन्ने ठान्नु हुन्छ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क) अनिवार्य छ, नत्र मृतक स्वर्ग तर्दैन्।(ख)अनिवार्य होइन तर संस्कृति थाम्नलाई जरूरी छ्।(ग) जान्दिन।

4) किरिया गरेको बेलामा दुध-दही खान दिइदैन, तर घिऊ क्रीम खान दिइन्छ। यो घिऊ क्रीम पनि दुधा बाटै बनेको हुँदा र चिल्लो चाप्लोले ग्याष्ट्रिक बोकेको भूँडीलाई क्षति गर्ने हुँदा त्यो नियम पालन गर्नु निरर्थक र जिउँदालाई हानीकारक भएको छ। यो कुरालाई समर्थन गर्नुहुन्छ ? एउटा जवाफ चयन गर्नुपर्ने:- क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

5) नुन नखाँदा मृतक आफन्त स्वर्ग पुग्छ अथवा खाँदा चाहीँ बाटामैं अडकिन्छ भन्ने कुराको कुनै प्रमाणीकता छैन,केवल प्रचलन र लोकविश्वास मात्रै हो।मानिषको देह को लागी नुन अति आवश्यक तत्व हो तर विषेशगरी गोर्खा समाजको छेत्री बाहुनहरुले 13 दिन सम्म खान दिदैनन । तसर्थ यो नियम संस्कार गरेर अन्य हिन्दु अथवा अन्यान्य धर्मका मनिषहरूको सरह नुन खान चलाउनु पर्छ । यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:- क)मान्छु,नुन चलाउनु पर्छ (ख) होइन नियम जस्ताको तस्तै रह्नु पर्छ (ग) जान्दिन।

6) किरिया गर्ने महिला/पुरुषलाई सिलाएको लुगा लगाउन दिइदैन, यो नियम दृष्टिकटु हुनाले परिवर्तन गर्दै सेता सिलाएका लुगा दिनु पर्छ्। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:- क)तेसरी लुगा लाउनाले मृतक तर्नुमा सहायक हुन्छ भन्ने म ठान्दिन,तेसैले म समर्थन गर्छु परिवर्तन हुनु पर्छ (ख) गर्दिन (ग) जान्दिन

7 )किरिया गर्ने महिलालाई केश कोर्न तेल लगाउन दिइदैन, यो नियममा पनि त्यो छुट दिनु पर्छ, मृतक त गईहाले जिउँदाले आफ्नो जिऊको ख्यालगर्नुमा बाधा हुनु हुदैन। यो कुरालाई समर्थन गर्नुहुन्छ ? एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

8) सोझो सिधा-सादा गरिब, किरिया पुत्रलाई (पुत्री पो भनिन्छ किन होला ! )पराल ओच्छ्याएर सुत्न दिइन्छ,(धेर जसो शिक्षित धनिमानी र सचेतनले त टेरेपो / पत्याए पो !) जाडो दिनमा पनि शिरक ओडन हुदैन भन्दै, कम्बल ओड्न दिइन्छ, भित्र बाहिर गर्दा खाली खुट्टाले हिडन लगाइन्छ। उता शोक सन्ताप मनमा,पावन्दी पोषिलो खानपानमा,त्यो समयमा यो नियम स्वास्थ विज्ञानको परिपन्थी हुनाले सुधार हुनु जरूरी छ। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

9) मृतकक पुत्र एकाधिक भएमा एक जनाले कोरामा वसेर अरुले बाहिर बाट सघाउ पुर्याउने व्यवस्था लागु गरिनु राम्रो हुन्छ। यो हुनु पर्छ भन्ने कुरामा तपाइको विचार मतामत?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

10) यिनै नियमहरु मध्यमा अतिनै कठोर अनि अमानवीय थियो-‘शतीदाह’ प्रथा , उसरीनै ‘अर्को जातको मानिष सित बोल्नै नहुने’ सुधार संसोधन भयो। तेसरीनै यहाँ उत्थान गरिएका विषयहरुपनि संसोधन गर्न सकिन्छ, किनकि त्यस्तो कठोरता नमान्दा पनि अरुका मृतक फर्केर आएका छैन अनि हाम्राले लौ पुगियों हई भनेका छैनन । यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

11) किरिया पुत्रीले साबुन लगाएर नुहाउन नहुने,दाँत ब्रस गर्न नहुने,यी कुराहरु जिउँदा शोकाकुलको स्वास्थको हितार्थ यो वाधा हटनु पर्छ। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

12) गोर्खा महाजाति अन्तर्गत छेत्री बाहुन,राई लिम्बु,गुरुङ,मगर, तामाङ आदि इत्यादीको किरिया गर्ने तरिका भिन्ना भिन्नै हुनाले अनि छरपष्ठ मिसमासे हुँदै देश विदेशमा मिलेर बसेको हुनाले-यो किरिया कर्महरुमा एकिकरणको आवस्यकता आई परेको छ।तसर्थ सवैमा समयानुकुल संसोधान गर्दै र सवैबाट अलेली लिएर छुट्टै एउटै “गोर्खा मृत्यु संस्कार विधि” अति चाँडै बनाउनु पर्छ । यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

13) हामी गोर्खाहरू सनातनी,बौद्ध र किरात थियौं ।परिवर्तनशील समय सितै संसारको विभिन्नस्थान काल परिस्थिति र परिवेशले- इस्लाम र इसाईधर्म तिरपनि निकै मिस्सिन थालेको छौं, यी धर्माहरू धेरैले अपनाएका छन। उपरोक्त संस्कारहरू सवैको आ-आफ्नो धार्मिक विधिले गरिने हुँदा एउटै गोर्खा दाजुभाई पराई हुँदै जादैँछौ र भविस्यमा गोर्खा जातिनै एकदिन बिलाउने छौ डाइनोसर जस्तै। जव त्यी सवै धार्मीक विधिले मृतक तर्छनै भने त्यी सवैबाट थोर-थोरै विधि टिपेर, सरल सर्वमान्य “गोर्खा मृत्यु संस्कार विधि” बनाउनै पर्छ । प्रकृतिको नियम जन्म-मृत्यु अकाट्य हो तर यी सवै विधिहरूत मान्छेलेनै समय अनुशार बनाएका र पालन गर्दै आएको हो। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:-क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

14) देहवसान पछि तपाँईको सन्तानले किरियापुत्री बनेर किरिया गर्दा कस्तो नियम पालन गरोस भन्ने सोच्नु हुन्छ?
मतामत राख्नुहोस>(क) वर्तमान प्रचलित नियमनै ठिकै छ (ख) सुधार गरिएको नियम (ग) जन्दिन, आफु त मरी हालिन्छ, बाच्नेले कस्तो सुविधा हुन्छ तेस्तै- जसो गरेपनि मरेर डढाए / पुरेपछि जिम्दिएर आइने होइन क्यारे।

15) समय र परिस्थितिले बृद्धभएका बाबु-आमालाई बेसाहारा घरमा छोडेर जीविकाको निमित्व सन्तान बाहिरिनु परेकै हुन्छ्न। घरमै रहेरपनि धेरैले उनिहरुको प्रयाप्त देख रेख सेवा नगरेको के दुख पाएको अनि लावारिस अमानवीय हालतमा रहने समस्या दिनदनै बढदै छ। गोर्खापन र मानवताले मात्रै ठाँउ पावोस त्यहाँ कुनै उच्च निच छैन। त्येसैले- प्राय सयवोटा गोर्खा घर परिवार रहेको एउट अन्चलमा एउटा “गोर्खा साहारा घर ” बृद्धाश्रम बनाउनै पर्छ । त्यस अन्चलका तेस्ता पिडितलाई त्यही साहारा मिलोस। तेही अन्चलमा हुने मृत्यु- संस्कार गर्दा पुरेतलाई उपयुक्त पारिश्रमिक दिएर- मृतकको यादमा उनैलाई भनेर दान गरिने समानहरु पुरेतको साटो-त्यही ‘गोर्खा साहार घर’ मा दिइने- र सन्चालन व्यवस्था गरिनु पर्छ। के थाहा म अनि तपाँईले पनि त्यही घरमा जीवनको अन्तिम समय बिताउनु पर्ने होला। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:- क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

16) संसारका मालिकलाई स्यानो घरमा कतै पनि थुन्न सकिदैन र भगवानको घरबनाउने बारे अनुदान नदिने तर परमेश्वरकै याद मा “गोर्खा साहारा घर ”निम्ति सक्तो रकम दिएर निष्ठापुर्वक अगुवाई गरेर आ-आफ्नो क्षेत्रमा निर्माण गर्ने । त्यस क्षेत्रको – संस्कार कर्म गुरू बाजे(पुरेत/लामा/विजुवा/फादार/मौल्वी)पनि त्यही “गोर्खा साहारा घर” बस्ने र त्यहीको एक छेउमा प्राथना गर्ने, बिहान बेलुकी तिनै बृद्धहरुलाई विभिन्न धर्म पाठ गरि सुनाउने। विधि बनाएर सन्चालन व्यवस्था गर्ने। यो कुरालाई समर्थन गर्नुहुन्छ ?
एउटा जवाफ चयन गर्नुपर्ने:- क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

17) गोर्खा संस्कार विधि निर्माण पछि त्यो पढाई गर्ने व्यवस्था गरिने जस्तो हिन्दु, मुस्लिम,इसाई हरुको पढाउने व्यवस्था छ, यसमा इच्छुक शिक्षित गोर्खा जान सक्छ जातपातले छेक्तैन। हिन्दुहरुले विभिन्न मन्दिर, इसाईहरुले स्वर्ग मानेर जेरुजलेम र इस्लाम हरुले मक्का-मदिना धाए झैं संसारको गोर्खाहरूले धाउने कुनै मुर्ती मन्दिर विनाको थान थपना मात्रै हुने “गोर्खा तीर्थ” टिष्टा रङ्गितको बगरमा बनाउनु पर्छ। एउटा जवाफ चयन गर्नुपर्ने:- क)गर्छु (ख) गर्दिन (ग) जान्दिन

18) उल्लेखित दाह संस्कारका ती नियमहरु संसोधन गर्ने कसले? एउटा जवाफ चयन गर्नुपर्ने:- (क) पुरेतले/ लामाले /बिजुवाले/ मौल्वीले / फादरले (ख) आजका शिक्षित सचेतन जातिय चिन्तक समाजकर्मीले (ग) किरियापुत्रीले (घ) जान्दिन।

(बोगीराम गोर्खा भण्डारीको विचार श्रिङ्खला अन्तर्गर विचार 1 को बुदाँ नौ सित सम्वन्धित “गोर्खाधर्म चिन्तन” बाट)
Powered by Blogger.