Header Ads

ब्रान्ड भ्यालुमा साहरुख नम्बर १, रणवीरले सलमान र अमिरलाई उछिने

बलिउडका बादशाह साहरुख खान ब्रान्ड भ्यालुको मामालामा पनि नम्बर १ देखिएका छन्। अमेरिकी र्फम अमेरिकी अप्रेजलले यो मुल्यांककन गरेको हो। तथ्यांकका आधारमा भारतका १५ जना सेलिब्रेटीको ब्रान्ड भ्यालु ८२ करोड डलर छ। पहिलो नम्बरमा रहेका साहरुख खानको ब्रान्ड भ्यालु १८ करोड ४९ लाख डलर छ । सेलिब्रेटीको ख्याती, उसको इज्जत र प्रतिष्ठाका साथै बिज्ञापनबाट उनीहरुले कमाउने रकमको आधारमा यो तथ्यांक निकालिएको हो । साहरुखले सन् २०१३-२०१४ मा विज्ञापनबाट मात्र १ हजार १ सय करोड कमाएका छन्। जुन उनको बर्षभरीको आम्दानीको लगभग आधा हो। 

दोश्रो नम्बरमा रहेका नायक रणवीर कपुरको भ्यालु १२ करोड ९४ डलर छ । यस्तै, तेश्रो नम्बरमा रहेका क्रिकेटर महेन्द्र सिंह धोनीको ७ करोड १९ लाख डलर, चौथो नम्बरमा रहेका अर्का क्रिकेटर विराट कोहलीको ५ करोड ६४ लाख डलर ब्रान्ड भ्यालु छ। अर्को बलिउडका चर्चित नायक अमिर खान पाचौ नम्बरमा छन् जसको ब्रान्डको भ्यालु ५ करोड ४९ लाख छ । यसैगरि क्रमश ः सलमान खान, दीपिका पादुकोण, ऋतिक रोशन, कटि्रना कैफ र करिना कपुर छैटौ, सातौ, आठौ, नवौ र दशौ नम्बरमा छन्। पश्चिमेली देशमा हलिउड स्टारको भन्दा खेलाडीको ब्रान्ड भ्यालु अगाडि देखिन्छ। तर, बलिउडमा भने साहरुख खानले सबैलाई उछिनेका छन् ।

Powered by Blogger.