Header Ads

ट्वीटरमा बाबुरामका फलोअर १ लाख पुगे

काठमाण्डौ। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ट्वीटरमा सवैभन्दा धेरै फलो गरिने नेपाली बनेका छन्। डा. भट्टराईका ट्वीटर फलोअर १ लाख पुगेका छन् । बुधबार अपराहृन यो समाचार तयार पार्दा भट्टराईका फलोअर १ लाख एक हजार ५६ छन्। जनवरी २०१३ मा ट्वीटरमा जोडिएका भट्टराईले अहिलेसम्म ९ सय ट्वीट गरेका छन्। यति छोटो अबधिमा ट्वीटरमा लोकपि्रय हुने उनी पहिलो नेपाली हुन्। नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङका १ लाख ६५ हजार फ्यान छन्। सन् २००९ मा ट्वीटर ज्वाइन गरेका प्रबलका बिश्वभर फ्यान छन्। 

भट्टराईले आफ्ना सन्देश जनतामाझ लैजान र जनतासँग जोडिन ट्वीटर प्रयोग गर्ने गरेका छन्। उनका करिव ९ सय ट्वीटमध्ये अधिकांश राजनीतिक विषयमा छन् । नेपाली खेलाडीलाई शुभकामना दिन र बिभिन्न चाडपर्वका अबसरमा शुभकामना दिन पनि उनले ट्वीटर प्रयोग गरेका छन्। ‘मेरा सबै एक लाख फलोअरलाई धन्यवाद’भट्टराईले ट्वीट गर्दै भनेका छन-‘ सामाजिक संजाललाई स्वस्थ सम्वादको साधन बनाउने संकल्प सवैले गरौं।’ भट्टराईले आफ्ना बिचार नयाँपुस्ताका नेपालीमाझ पुर्‍याउन र स्वस्थ बहस गर्न सामाजिक संजालको प्रयोग गरिरहेका छन्। फेसबुकमा भट्टराईका फ्यान ७ लाख पुगेका छन्। ट्वीटरमा नेपाली कांग्रेसका सभासद गगन थापाको ७१६३६ फलोअर छन्। पत्रकार रविन्द्र मिश्रको ६६९६२ फलोअर छन्। अर्का पत्रकार नारायण श्रेष्ठको ६०१२२ फलोअर छन् ।

Powered by Blogger.