Header Ads

खम्बु राइट्स मुभमेन्टलाई केन्द्रीय समितिको समर्थन

कालेबुङ : जनजातिको माग गर्दै खम्बु राइट्स मुभमेन्टले गर्न गइरहेको दिल्ली आन्दोलनलाई राई समुदायको मूल सङ्गठन किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समितिले समर्थन जनाएको छ। स्थानीय श्यामादेवी भवनमा बसेको एक सभाबीच समितिले आन्दोलनलाई समर्थन जनाएको हो। संस्थानका केन्द्रीय समितिका अध्यक्ष ताराकुमार राईले राई समुदायलाई जनजातिको मर्यादा दिलाउन सम्पन्न भइरहेको दिल्ली आन्दोलन समय सापेक्ष रहेको बताए। उनले भने, आन्दोलनलाई संस्थानको पूर्ण समर्थन छ। दिल्लीको यस कार्यक्रममा प्रत्येक शाखाबाट राई समुदायले सहभागिता जनाएर केन्द्र सरकारमा दवाब बनाउन सक्नुसपर्छ। खम्बु राइस्ट मुभमेन्टको ब्यानरमा आगामी 27 देखि 29 सम्म तीनदिवसीय दिल्लीको जन्तरमन्रमा धर्ना कार्यक्रम सम्पन्न भइरहेको छ। 

यसै कार्यक्रमलाई केन्द्र गर्दै आज खम्बु राईट्स मुभमेन्ट, किराँती खम्बु राई सांस्कृतिक संस्थान केन्द्रीय समिति, महकुमा समिति एवं विभिन्न खण्डका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। मुभमेन्टका प्रवक्ता सन्दिप कुलुङले भने अनुसार आन्दोलनलाई सफल तुल्याउन सबै राई समुदायले आन्दोलनमा सहभागिता जनाउन जरुरी छ। मुभमेन्टले केवल राई समुदायलाई जनजाति दिलाउनुपर्ने वान् पोइन्ट एजेन्डा लिएर काम गरिरहेको अनि राई समुदायका सबै सङ्गठनहरूबाट सहयोग पाइरहेको बताए। आजको बैठकमा दिल्ली आन्दोलनमाथि नै चर्चा-परिचर्चा भएको उनले बताए। बैठकमा केन्द्रीय समितिबाट अध्यक्ष ताराकुमार राई, महासचिव बिनिता खम्बु, महकुमा समितिबाट अध्यक्ष अरूण कुमार राई, सचिव अरूण प्रकाश राई, कालेबुङ खण्ड 1 का अध्यक्ष मेघराज राई, खण्ड 3 का अध्यक्ष निलदास राई, शंखमणि राई, खम्बु राईट्स मुभमेन्टका संयोजक विनेस खम्बु, सचिव सुवास दुमी, प्रवक्ता सन्दिप कुलुङ आदि प्रमुख रूपमा उपस्थित थिए।

Powered by Blogger.