Header Ads

दुब्लो - पातलो गीत भएछ : नेपाली कविताहरु


दुब्लो - पातलो गीत भएछ,
गाउँने मान्छे मोटो,
लामो - लामो केश पालेछ,
संगीत भएछ छोटो |


आलाप गाउने ,आँखा मा आउने,
तार चुडिएको सितार,
बजाउनु - सजाउनु कता तिर,
काँध मा बोक्ने गिटार |


मादल भएछ बादल,
आँखा मा लाउने गाजल,
"संस्कृती "भनी कराई बस्ने,
सबै को भएछ पागल |


आँफुलाई भुली अर्का खोज्नु,
एक पल्ट फेरी सोंच्नु,
बजार को छुरी किनी वरी,
आफ्नै भुँडी मा घोंच्नु |


घरको दैलो भत्काई - भत्काई,
महल बनाउने बिचार,
माथी छाड्ने , पेटै भर्ने,
भात र घुन्द्रुक को अचार |


आर्नोल्ड राई,
सन्त मेरीज हिल,
खर्सांग,  दार्जीलिंग |
Powered by Blogger.