Header Ads

१९ वर्षपछि हलबाट उत्रियो शाहरुख अभिनित फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’

मुम्बई । सन १९९५ मा रिलिज भएको शाहरुख खान र काजोल अभिनित हिन्दी फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ १९ वर्षपछि हलवाट उत्रेको छ । मुम्बइमा रहेको मराठा मन्दिर सिनेमाघरमा यो सिनेमा १९ वर्षदेखि लगातार चलेको थियो । पछिल्ला दिनमा दर्शक घट्दै गएकाले फिल्म उतारिएको फिल्म हलका सञ्चालकले बताएका छन् । बिगत केही वर्षदेखि हरेक दिन बिहान ११:३०को शोमा यो फिल्म देखाउदै आएको थियो हलले । मुम्बइवाट प्रकाशित पत्रिका मिड डे संग कुरा गर्दै चलचित्र भवनका प्रबन्ध निर्देशक मनोज देसाइले पछल्ला दिन दर्शक घटदै गएको बताए। ‘पछिल्लो समय दर्शक घट्दै गएकाले फिल्म उतार्ने निर्णय गरेको हुँ ।’ देसाइले भने । विभिन्न टेलिभिजनले अचेल यो फिल्मलाइ प्रदर्शन गरिरहेका छन् भने, काजोल अहिले अभिनयवाट टाढिइसकेकी छिन् । 

Powered by Blogger.