Header Ads

नेपालले हङकङसँग पहिलो टी-२० क्रिकेट श्रृखला खेल्ने

काठमाडौं। नेपालले हङकङसँग तीन म्याचको टी-२० क्रिकेट श्रृखला खेल्ने भएको छ । केही समयअघि ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको नेपालले पहिलो पटक टी-२० श्रृखला खेल्न लागेको हो । एसियन क्रिकेट काउन्सिलका अनुसार खेल आगामी नोभेम्बरमा श्रीलंकामा हुनेछ । एसीसीको आग्रहमा श्रीलंकन क्रिकेट बोर्डले एशोसिएट चार देश नेपालसहित चार देशको भ्रमण स्वीकृत गरेको थियो । जसमा पहिलो एसीसी टुरका लागि नेपाल र हङकङ छानिएका छन् । भ्रमण तालिकाबारे एसीसीले जानकारी गराइसकेको नेपाल क्रिेकट संघ क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यले बताए। नेपाली क्रिकेट टोली नोभेम्बर ७ अर्थात कात्तिक २१ मा श्रीलंका पुग्नेछ । जहाँ नेपालले तीनदिवसीय, टी-२० र एकदिवसयीय खेल खेल्नेछ । त्यसअघि नेपालले अक्टोबर २३ देखि ३० सम्म मलेसियामा डिभिजन थ्री खेल्नेछ । 

श्रीलंकामा नेपालको खेल नोभेम्बर ९ (कात्तिक २३) बाट सुरु हुनेछ । सुरुमा नेपाल र हङकङसँगै श्रीलंकन टोलीले तीनदिवसीय म्याच खेल्नेछ । दुई दिन आरामपछि नेपाल र हङकङको टी-२० क्रिकेट श्रृखला सुरु हुनेछ । क्यानका अनुसार टी-२० म्याच १४, १५ र १६ तारिखमा हुनेछ । एसीसीका अनुसार नेपाली प्रशिक्षक पुवुदु दशानायकले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताए । तीनदिवसीय खेल र टी-२० श्रृखलाका लागि आफ्नो टीम तयार रहेको उनले बताए । बंगलादेशमा भएको टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ट्वान्टी-२० राष्ट्रको मान्यता पाएको छ । त्यसपछि कुनै पनि अन्तराष्ट्रिय टी-२० खेल खेलेको छैन । तर, ट्वान्टी-२० राष्ट्रको मान्यता पाएका कारण अर्को वर्ष आयरल्याण्डमा हुने ट्वान्टी-२० विश्वकपको छनोट चरणमा स्थान बनाइसकेको छ । अब नेपालको चुनौती भनेको छनोट चरण पार गरेर फेरि विश्वकप खेल्नु हो ।
Powered by Blogger.