Header Ads

मन भित्रै रहेछ सम्झना : नेपाली कविताहरु


मन भित्रै रहेछ सम्झना,
नाग बेली लहरामा झुण्डिएछ,
भैलोको धुन आशा को जुन,
पाहाड पर्वत मा गुन्जिएछ |


चेली को माया थाल माथी,
चामल रंग मा बदलिएछ,
मुटु भरी को स्नेह,
निधार मा गएर अल्झिएछ |


एउटै थाल को सौ जनम,
टिका बनेर बसेछ,
पाचैं औँला को एकै गाँस,
छाती बाट खसेछ |


रूहुन्दै हाँस्दै तपेरा गाँसी,
सानो आँगन मा खेलेको,
अतीत को सम्झना आँखा हरुमा,
आज सपना मा देखेको |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग, दार्जीलिंग
Powered by Blogger.