Header Ads

जहाँ एक पटक हाँसेको ३७ रुपैयाँ तिर्नुपर्छ

हाँसेको पनि पैसा ? हो, जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ। हाँसेको पनि पैसा तिर्नुपर्ने यो अनौठो नियम हाम्रो देशमा भने होइन। स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले यस्तो नियम बनाएको हो । टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ। उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ। त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ। 

उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ। कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ। तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मुक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ। कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै। हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्यो ।

Powered by Blogger.