Header Ads

यी हुन् विश्वका सबैभन्दा सुन्दर सांसद तथा मन्त्री

राजनीतिको संसारलाई ‘कुरुप मानिसहरुको दृश्य व्यवसाय’ भन्ने चलन छ। तर राजनीतिमा लाग्ने सबै कुरुप नहुँदा रहेछन्। स्विडेनका स्वास्थ्य मन्त्रीको जिउडाल हेर्ने हो भने उनी हलिउडका नामूद हिरोभन्दा कम देखिन्नन्। २९ वर्षका ग्याबि्रयल विकस्ट्रोमका तस्वीरहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेका छन् र उनलाई विश्वकै सबैभन्दा सुन्दर सांसद तथा मन्त्रीको उपाधि दिइएको छ, इन्टरनेटमै। विकस्ट्रोमको सुन्दरताको पारखी बनेका एक टर्किस फ्यानले अनलाइनमा उनको तस्वीर पोष्ट गरेपछि त्यो तस्वीर भाइरल नै बन्यो। 

‘ह्याण्डसम मिनिस्टर’ उपनामले चिनिने ती मन्त्रीका फ्यानहरुको संख्या अहिले बढ्दै गएकेा छ र त्यस्ता फ्यानमध्ये युवतीहरुको संख्या निकै बढि पाइएको छ। सोसल मिडियामा उनको तस्वीर भाइरल बन्दा धेरैले उनलाई प्रेमपूर्ण सन्देस पठाएका छन्। यस्ता सन्देशहरु तथा आफ्ना बढ्दा फ्यानहरुको संख्याले आफुलाई निकै गौरवान्वित बनाएको उनी बताउँछन्। आफु युवाहरुको रोलमोडल बन्न सकेको र आफ्नो कारण सक्षम युवाहरु राजनीतितर्फ आकषिर्त हुनेमा उनले खुसी व्यक्त गरेका छन्। ती ह्याण्डसम मन्त्रीका फ्यान कति छन् भन्ने कुरा उनका टि्वटर फलोअरर्सको संख्याले पनि देखाउँछ।
Powered by Blogger.