Header Ads

किशोरीको भुँडीबाट निकालियो ४ किलो भुत्ला

खानपिन गर्नै नसक्ने अवस्थामा पुगेकी एक किशोरीको पेटबाट ४ किलो भुत्लाको डल्लो निकालिएको छ। पेटको माथिल्लो भागमा रहेको उक्त रौँ को डल्लोका कारण खाना तथा पानी निल्नै नसक्ने भएकी थिइन्। डाक्टरहरुले अन्ततः ती किशोरीको आकस्मिक शल्यक्रिया गरी अन्न नलीबाट ४ किलोको रौँ को डल्लो बाहिर निकालेर उनलाई नयाँ जिवन दिएका छन्। घटना किर्गिस्तानको हो। १८ वर्षीया एपेरी अलेक्सीभा नामकी किशोरीको पेटबाट ४ किलो रौँ निकालिएको घटना विश्वमै सायदै पहिलो घटना भएको चिकित्सकहरुले बताएका छन्। 

उनको पेटमा रौँ यसरी जम्मा हुनुको दोषी उनी आफै रहेछिन्। वास्तवमा रौँ का टुक्रा तथा ऊन र धागो खाने बानी रहेछ उनको सानैदेखि। उनले खाएका तिनै पदार्थहरु पेटमा गएर थुपि्रँदै जाँदा उनी निकै गम्भीर अवस्थामा पुगिन्। रौँ को डल्लो बढ्दै जाँदा उनको पाचन नली नै फुट्ने अवस्थामा पुगेको र उनलाई निकै पीडा महसुस भएको थियो। तत्काल शल्यक्रिया गरी रौँ ननिकालिएको भएमा उनको ज्यानै जानसक्ने चिकित्सकको भनाइ छ। किन रोइस् मंगले आफ्नै ढंगले भन्ने उखान झैँ आफ्नै आदतले दुख पाएकी एपेरीले अबदेखि आफुले कहिल्यैपनि रौँ नखाने बताइन्।
Powered by Blogger.