Header Ads

नेपाली फिल्म अभिनेत्री करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’को सम्मान

काठमाडौं । नेपाली फिल्ममा कार्यरत प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’को उपाधि दिने भएको छ। संघको आइतबार बसेको बैठकले उनलाई उक्त उपाधि दिने निर्णय गरेको हो। संघका अध्यक्ष मनोज केसीका अनुसार आगामी कार्तिक ३ गते हङकङमा हुने ‘सातौं नेफ्टा अवार्ड’मा करिश्मालाई उक्त उपाधिसहित सम्मान गर्न लागिएको हो। 

‘नेपाली फिल्ममा उहाँको योगदान विशिष्ट रहेको छ, पहिलेको जस्तै अहिले पनि उहाँमा फिल्मप्रतिको सक्रियता बढ्दो छ, त्यसकारणले पनि उहाँलाई हामीले सम्मान गर्न लागेका हौं।’अध्यक्ष केसीले भने। २०४२ सालमा चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट नायिकाको रुपमा नेपाली रजतपटमा डेब्यु गरेकी करिश्माले त्यसपछि दर्जनौं फिल्ममा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । अभिनयका अलावा सुन्दरताका कारण पनि करिश्माको ख्याती नेपाली फिल्म क्षेत्रमा अझैं छ। नेफ्टाले गत वर्ष मलेशियामा सम्पन्न ‘छैटौं नेफ्टा अवार्ड’मा वरिष्ठ अभिनेता नीर शाहलाई ‘अभिनय शिरोमणि’को उपाधि दिएको थियो।


Powered by Blogger.