Header Ads

एसियाड खेल्न गएका नेपाली खेलाडी कोरियामा बेपत्ता

काठमाडौं । नेपालको नाम राख्न दक्षिण कोरिया पुगेका एकजना राष्ट्रिय खेलाडी मुलुककै बद्नाम गर्दै बेपत्ता भएको सोलस्थित नेपाली दूतवाास स्रोतले जनाएको छ। सत्रौं एसियाली खेलकुदको लागि दक्षिण कोरिया पुगेका सेपाक ताक्रो खेलका खेलाडी अमन पोडे मंगलवार रातिदेखि सम्पर्कविहीन भएको जानकारी दूतावासमा पुगेको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार पोडेको बुधबार काठमाडौंको उडान थियो । उनी मंगलवार दिनभरी खेल अधिकारी र खेलाडीहरुसँग रहे पनि राति भागेको स्रोतले जनाएको छ । नेपाली अधिकारीहरुले यसबारेमा त्यहाँको प्रहरीलाई पनि जानकारी गराएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष सिताराम मास्केले बताए । एशियाडमा भाग लिन नेपालबाट करीव दुई सय खेलाडी कोरिया पुगेका छन् । कोरियामा भागेर गैरकानुनी रुपमा बस्ने नेपाली खेलाडीहरुको संख्या धेरै छ ।

Powered by Blogger.