Header Ads

पवित्र महिना अशोजको शुरुवातसँगै खुशि

अशोक पोखरेल 
पवित्र महिना अशोजको शुरुवातसँगै संपूर्ण जगतमा खुशियालि र उमङ्ग छाएको छ । शक्ति स्वरुपा माता दुर्गा भवानीमा समर्पित यस महिना अत्यन्तै पावन छ । घामको उज्यालो अझ चम्किलो भएको छ, हरियालि अझ बढेको छ, गर्मि हटेर मन्न मन्द सितल हावा बहन थालेको छ, फूलहरु फुल्न थालेका छन्, हिमालहरु खुल्न थालेका छन् । दशैं नजिकिँदै छ मित्र । दशैं नजिकिँदै छ । असत्यमाथि सत्यको विजय, आशुरि शक्तिहरुको पराजय, स्त्रि स्वरुपा, जननि स्वरुपा, शक्ति स्वरुपा माता दुर्गा भवानीको एकमात्र कल्पनाले पनि मनमा असिम आनन्दको अनुभुति दिलाउँछ । महिलालाई यति शक्तिशाली बनाईएको, महिलालाई यति उपल्लो दर्जा दिलाईएको, महिला स्वरुपलाई यति पुजनिय बनाएको हाम्रो धर्म जति माहान छ त्यहि अनुकुल हामी सनातनिहरु पनि आचरण प्रस्तुत गर्दै, गौरवशाली परम्पराको जगेर्ना गर्न र सुन्दर शान्त विश्वको परिकल्पना गर्न र त्यो मार्गमा अग्रसर हुन, सत्य,ज्ञान, र कर्मको मार्गमा अगाडी बढ्न प्रेरणा मिलोस् । 

सवैको मनमा पवित्रता छाओस्, विश्व कल्याणको चेतना अभिवृद्धि होस्, त्यो सत्ययुग फेरि फर्कियोस् । शुभकामना । आउँदै गरेको शुभ विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय शुभकामना। साँच्चै माता दुर्गा भवानी हाम्री जननि हुन्, पुज्यनिय माता हुन्, पृथ्वी हुन् र माताको स्थान कुनैपनि भगवानको भन्दा धेरै धेरै माथि छ । स्त्रिहरु पुज्यनिय छन् । जहाँ स्त्रिको पुजा हुन्छ त्यहाँ देवता रमाउँछन भन्ने हाम्रो धर्मको माहान आदर्शलाई सिरोधार्य गर्दै अगाडी बढ्नु छ । अहिले दिनानुदिन् सुनिने महिलामाथिका अत्याचार, व्यभिचार, हत्या, साना साना नानिहरुको बलात्कार यि सवै पापको अभिवृद्धिका कारणले भएका हुन र यस्ता कुराहरु सुन्नु ज्यादै दुर्लभ कुराहरु थिए विगतमा । आयातित कुधर्महरुका कारणले मानिसमा धर्म, सत्य र पुण्यको ज्ञान समाप्त भएका हुन् । आयातित धर्महरु सवै नारिलाई अपमान गर्ने, अत्यन्त तल्लो दर्जामा राख्ने, नारिलाई कुनैपनि ठाउँमा स्थान नदिने र वस्तुको रुपमा मात्र उपभोग गर्ने, चरम उत्पिडन गर्ने, अरुको आस्थामा प्रहार गर्ने, हिँशालाई प्रोत्साहन गर्ने अत्यन्तै निम्मस्तरका धर्महरुका कारणनै संसारभर पाप फैलिरहेको छ । 

यसलाई नियन्त्रण गर्नु पनि हाम्रो प्रमूख दायित्व हो । अज्ञानिमाझ ज्ञान फैलाउनु, आईलाग्ने आशुरि प्रवृत्तिहरुमाथि दुर्गा माताझैं जाईलाग्नु हाम्रो धर्म पनि हो र कर्तव्य पनि । हाम्रो धर्मले त्यहि सिकाउँछ र त्यसलाई सिरोधार्य गर्नै यो गौरवशाली परम्परा हाम्रा सन्ततिहरुमाझ हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो । ॐ धौ सान्ति: अन्तरिक्ष गुं सान्ती, पृथ्वी सान्ति राप: सान्ति रोषधय: सान्तिर्वनस्पतय: सान्तिर्विश्वेदेवा: सान्तिर्व्रम्ह सान्ति:, सर्वगुं सान्ति: सान्तिरेव ‍सान्ति: सामा सान्ति रे धि : । सर्वे भवन्तु सुखिन: सर्वेसन्तु निरामया: सर्वेभद्राणी पश्यन्तु, माकस्चिद दु:ख भागभवे । 

ॐ असतोमा सद्गमय: तमसोमा ज्योतिर्गमय: । ॐ
Powered by Blogger.