Header Ads

तेस्रो ‘इण्डियन आइडल’ रहेका प्रशान्त तामाङको क्रेज घटेकै हो त ?

काठमाडौं। प्रशान्त तामाङको मुख्य भुमिका रहेको फिल्म ‘निशानी’ले राम्रो ब्यापार गर्न नसकेपछि तेस्रो ‘इण्डियन आइडल’ समेत रहेका प्रशान्तका विषयमा लेखाजोखा सुरु भएको छ। प्रशान्त अभिनित फिल्म ‘गोर्खा पल्टन’ सफल भएपछि फौजीका कथा र लोकगितसँग सम्बन्धित फिल्ममा प्रशान्तलाइ अभिनय गराउने लहर नै चल्यो। केही म्युजिक भिडियोमा अभिनय पनि गरे । तर, गोर्खा पल्टनको क्रेज अन्य फिल्मले जोगाउन सकेन । तैपनि निर्देशकले त्यहि परिवेशका कथामा उनलाइ स्थान दिन छाडेनन्। नेपालीकै सद्भावले तेसो ‘इण्डियन आइडल’ बन्न सफल प्रशान्त पछिल्लो समय गायन कम र अभिनयमा बढी सक्रिय हुन थालेका छन् । गायनमा पनि खासै चमत्कार गर्न नसकेका प्रशान्तको अभिनय पनि औषत रहेको सुनिन्छ ।

एउटा शैलिका फिल्म
गोर्खा पल्टनदेखी निशानीसम्म आइपुग्दा प्रशान्तले आधा दर्जन बढी फिल्ममा अभिनय गरेका छन्, भने ति फिल्मको कथावाचन शैलि लगभग उस्तै छ। एउटै प्रकृतिका फिल्म पटक पटक आएकाले पनि दर्शक उनका फिल्मप्रति आकषिर्त हुन सकेनन्। त्यसो त निर्देशकहरु प्रशान्तलाइ अभिनय गराउने सोच बनाउने बित्तिकै उनको पुरानै ‘गेटअप’लाई हेरेर स्क्रिप्ट बनाउछन्।

- ऑनलइनखबर
Powered by Blogger.