Header Ads

गोर्खाली सुधार सभाको कार्यकारिणीलाई बधाई

तिलक राज गुरुङ
देहरादून। दिनांक 10 सितंबर 2014 को दिन तमु धीं (गुरुङ समाज) समितिको कार्यकारिणिले तमु धींको तर्फ देखी गोर्खाली सुधार सभाको नव निर्वाचित कार्यकारिणीलाई बधाई र शुभ कामना प्रदान गरियो। साथै यसै अन्तर्गत गो सु सको अध्यक्ष कर्नल भगवान सिंह क्षेत्री (से नि) लाई वहांले चुनाव प्रचारको दौरान गोरखा उपजाति संस्थाहरु माथि गरेको नाकारात्मक टिप्पणीहरु माथि आपत्ति र विरोध पनि जनाइयो। तमु धींको पूर्व अध्यक्ष र वर्तमान मुख्य सलाहकार श्री मोहन प्रसाद गुरुङले श्री भगवान सिंह क्षेत्रीलाई स्पष्ट भननु भयोकि तपाईं संपूर्ण गोरखा समुदायको प्रतिनिधीको रुपमा चुनाव जितेर आउनु भयोको छ र यो गरिमामय पदमा बसेर यस्तो नाकारात्मक टिप्पणीहरु गरनु यो पदलाई शोभा दिदैन। 

तमुधींको संयोजक र सांस्कृतिक सलाहकार श्री तिलक राज गुरुङले पनि विरोध स्वरुप भननु भयो कि चुनाव प्रचारको दौरान मात्रै होईन सपथ ग्रहणको दिनमा पनि श्री भगवान सिंह क्षेत्रीले उपजातीय समितिहरु माथि गरेको टिप्पणी माथि आप्पति जताईयो। साथै अध्यक्ष श्री नर प्रसाद गुरुङले पनि आफनु संस्थाको के के अपेक्षा छ स्पष्ठ गरी दिनु भयो। यस दौरान तमु धींको अध्यक्ष श्री नर प्रसाद गुरुङले, वरिष्ठ उपाध्यक्ष श्री बसंत कुमार गुरुङ, कनिष्ठ उपाध्यक्ष श्री गंगा बहादुर गुरुङ, महासचिव श्री राम सिंह गुरुङ, मुख्य सलाहकार श्री मोहन प्रसाद गुरुङ संयोजक र सांस्कृतिक सलाहकार श्री तिलक राज गुरुङ, पूर्व महासचिव श्री नरेन्द्र सिंह गुरुङ, मोहब्बेवाला शाखा अध्यक्ष श्री धन बहादुर गुरुङ, पूर्व सह सचिव श्री खेम बहादुर गुरुङ आदि उपस्थित थियो।







Powered by Blogger.