Header Ads

चिन्न सकिन परिस्थिति लाई : नेपाली कविताहरु


चिन्न सकिन परिस्थिति लाई ,
भाग्य भनेको कस्तो हुन्छ ,
मौका छोपेर पर्खी बस्ने ,
जीन्दगी साह्रै सस्तो हुन्छ 


तिम्रो - हाम्रो मन मन्दिर मा ,
धन मन्दिरको साँचो हुन्छ ,
खोलिएर ढोका के गर्नु ,
घाँटीमा लाग्ने पासो हुन्छ 


गगन मा उड़्ने गौथलीलाई ,
उड़ेर हिड़्ने बानी छ ,
धर्तीमा हिड़्ने जो सुकै होस् ,
आकाशको राजा र रानी छ 


नहाँसे पनि , नबोले पनि ,
माया - पिरती गाँसेकै छ ,
सम्झना रहोस् , ती दिनहरू ,
चिहान भित्र पनि बाँचेकै छ 


आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.