Header Ads

६३ किलोकी युवतीलाई दाह्रीले उठाएर विश्वकीर्तिमान

मानिसले आफ्नो दाह्रीजुँगाले कति तौल उठाउन सक्छ होला ? हुनत दाह्री कुनै तौल उठाउने तराजु होइन । तर लिथुआनियाका एक मानिसले आफ्नो दाह्रीले ६३ किलोकी तरुनी जुरुक्कै उचालिदिएका छन् । दाह्रीले सबैभन्दा धेरै तौल उठाएर विश्वकिर्तिमान कायम गर्ने क्रममा अतानासस कोन्त्रिमास नामका ती पुरुषले ६३ किलो ८ सय ग्रामकी युवतीलाई उठाए । विश्वका शक्तिशाली दाह्रीधारी पुरुषका दाह्रीमा पिङ खेल्न पाउने ती भाग्यमानी युवतीको नाम चाहीँ मोनिका प्लेस्काइट हो । टर्कीको स्तानबुलमा भएको एक कार्यक्रममा अतानासले यस्तो किर्तिमान कायम गरेका हुन् । 



Powered by Blogger.