Header Ads

नेपालीभाषी परिवारको दुश्मन हो संघपरिवार?

स्वामी स्वदेशानन्द(कनकधारा गुरुजी) 
विहिप, बजरंगदल, वनवासी कल्य़ाण समिति, राष्ट्रसेविका समिति, भारतीय किसान संघ,हिमालय परिवार, अन्तर्राष्ट्रीय नेपाली संस्कृति परिषद् आदि संस्थाहरूको माउ संगठन हो संघपरिवार। संघकै इशारमा यी जम्मै संस्थाहरू संचालित हुन्छन्। यिनीहरूका शाखा-प्रशाखामा गाइने गीत र यी संगठनहरूका प्रार्थनावलीमा नेपालीभाषी जाति समूहका कुनै पनि गुरु व कविहरूको नाम उल्लेख गरिँदैन। विश्वका हिन्दू मात्रको हित गर्ने भनी खोलिएको संघकै एउटा हाँगो हो विश्वहिन्दू परिषद् । सुन्दा विश्वका हिन्दू मात्रको संगठन हो भने जस्तो सुनिए पनि यो संगठन नितान्त भारतीय मूलका हिन्दूहरूको मात्र हो भन्ने कुरा प्रष्टिन आएको छ। कुनै जमानामा भूटानबाट नेपालीभाषी हिन्दू समाज खेदिँदा भारतको विहिपले कुनै सहयोग गरेन। कतिपय विहिपका दलालहरूले के सम्म भने भने हाम्रो सरकार छैन भारतमा। 

कांग्रेसको सरकार भएको हुँदा भोटाङे शऱणार्थीलाई नेपालबाट भोटाङ पठाउन सकिएन। विहिपका अन्तराष्ट्रीय अध्यक्ष अशोक सिहलले 2005मा भनेका थिए भारतमा लगभग 20लाख नेपाली शरणार्थी बस्छन् तिनीहरूलाई नेपाल पठाउनुपर्छ। विहिपको मूलमन्त्र न हिन्दू विदेशी भवेत् भन्ने कुरा नेपालीभाषी जाति समूहमा लागू हुँदैन। विहिपलगायत संघपरिवारका सदस्य तथा सम्पूर्ण दलाल बन्धुहरू संग यो विन्ती गर्न चाहन्छु कि त्यति बेला तिम्रो सरकार थिएन , यस बेला त तिम्रो सरकार छ बहुमतको। नेपालको शिविरमा रहेका थुप्रै हिन्दू शऱणार्थीलाई भारतको बाटो भूटान जान देऊ। मेरो जातिका सम्पूर्ण सोझा-साझा अनुयायीहरूलाई के सचेत गराउन चाहन्छु भने संघ परिवार भारतीय नेपालीभाषी हिन्दू समूहको परिवार नभएर भारतीय मूलका हिन्दूहरूको मात्र परिवार हो।

यो संगठन मरिशशमा हिन्दूमाथि हुने अत्याचार देख्छ। यो संगठन पाकिस्तानमा हिन्दूमाथि हुने अत्याचार देख्छ। यो संगठन बंगलादेशमा हिन्दूमाथि हुने अत्याचार देख्छ। यो संगठन काश्मीरमा हिन्दूमाथि हुने अत्याचार देख्छ। यो संगठन तिब्बतमा चीनद्वारा भएको अत्याचार देख्छ तर यो संघ परिवार नामक विभिन्न शाखा-प्रशाखामा विभक्त-अविभक्त संगठन भूटानमा नेपालीभाषी हिन्दूमाथि भएको अत्याचार देख्दैन। भारतका विभिन्न ठाउँमा नेपालीभाषी हिन्दूमाथि भएको अत्याचार देख्दैन। स्मरण रहोस् भोटाङबाट खेदिएका जम्मै नेपालीभाषीहरू हिन्दू थिए।

यो संघ परिवार नामक संगठनका शाखा-प्रशाखाहरू हाम्रो जातिको दुश्मन देश भूटानको झण्ड़ा न जलाएर हाम्रो जातिसमूहलाई नेपाल र भारतको छिमेकी राष्ट्र चीनको झण्डा जलाउन लगाउँछन्। यो संगठन हाम्रो जातिमात्रको मूल मु्दादेखि संधै हामीलाई टाढा राख्न ननाथरिका षड्यन्त्र रचिरहन्छ। हाम्रो जाति भने सुझो न बुझो खागीको कट्टू लाएर संघको शाखातिर लाग्छ। तमिलहरूबाट हामीले थुप्रै सिक्नुपर्छ। हामी विश्वका गोर्खाहरू एक हुनुपर्छ। हामीले अर्काको हैन, आफ्नै कुरा सुन्नुपर्छ।

अनेकौं प्रकारका संजालबाट जाग न गोर्खा जाग न।
आफ्नो अधिकार भारतसंग माग न गोर्खा माग न।।

 (संघको सिद्धान्त बंगलादेशी हिन्दू स्वदेशी, भोटाङे हिन्दू विदेशी नेपाली)
Powered by Blogger.