Header Ads

स्वर सामग्री अरुण लामाको ६९ वा जन्म जयन्ती

केशर तामांग 
मङपु : मङपुमा नै बाल्यकालजीवन बिताएर यहाँको आगनबाट नै प्राथामिक शिक्षा आर्जन गरेकी नेपाली जगतका ख्यातीप्राप्त नेपाली लोक गायिका स्वर सामग्री अरुण लामाको ६९ वा जन्म जयन्ती मङपुमा धुमधाम संगले पालन गरियो।  दार्जीलिंङबाट आएका संगीतकार मणिकमल छेत्री साथै मङपु सिन्कोना बगान व्यवस्थापक बिदुर कार्कीको बाहुलीबाट अरुणा लामाको प्रतिमामा पुष्पार्पण साथै दीप प्रज्वलन गरियो। मङपु सांगीतिक कला एकाई साथै अरुणा लामा सालिग़ निर्माण समितिको आयोजनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वरसाम्रगी अरुणालाई माया गर्ने सबैले उनको प्रतिमा माल्यार्पण गरे। स्मरण रहोस उक्त प्रतिमा अमिर सुन्दासद्वारा निर्मित गरिएको हो भने गत बर्ष गायिका लामाको सालिग़ अन्वारण मङपुमा फूलपातीको दिन गरिएको थियो।

Powered by Blogger.