Header Ads

भिर को टुप्पो मा आँफुलाई राखी : नेपाली कविताहरु


भिर को टुप्पो मा आँफुलाई राखी,
बाँच्ने ठाउँ सोंचेछ,
मुटु चाहिं हात मा राखेर,
धड्कन छात्ती मा खोजेछ |


आकाश धर्ती मा झरेछ,
धर्ती आकाश मा फर्केछ,
अर्को मान्छेलाई बचाउँ भन्दा,
धर्ती बिचै मा चर्केछ |


हावा मा उडेको कालो बादल ले,
हरियाली सबै लगेछ,
खरानी को असिना झरेछ,
आगो को खोला बगेछ |


सुनसान भएछ पृथिवी,
ढुंगा बाँचेर रुंगेछ,
एउटा सेतो चरा उडेर,
संसार वरी - परी घुमेछ |


बालुवा को बगर मा चरीले,
फेरी अण्डा पारेछ,
त्यही ढुंगा को चुचुरामा,
मान्छे ले झण्डा गाडेछ |


पाप को ठुलो कराई मा,
फेरी मान्छे भुटीएछ,
अँध्यारो उज्यालो भुमरीमा मा परी,
दिन र रात भएर छुट्टीएछ |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.