Header Ads

आठ वर्षका बालकका १६ किलोका हात !

८ वर्षका मोहम्मद कलिम स्कुल जाँदैनन् । आफुलाई देख्दा साथीहरु डराए भन्ने सुनेका कारण मात्र हैन उनलाई स्कुलमा सबैले जिस्काउन र गिज्याउन थालेपनि पछि उनी स्कुल जानै छाडे । कतिपयले उनलाई स्कुलमै पिट्ने समेत गरे र शिक्षकले पनि दुव्र्यवहार गरे । उनलाई देखेर केटाकेटीहरु मात्र होइन उनी आफै पनि डराउने अवस्था छ । उनका हात यति भयंकर छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ । जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका यी भारतीय बच्चाका हात अहिले ८-८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ । हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ । उनका बाउ समिम ४५ वर्षका भए र दिल्लीमै मजदुरी गर्छन् । उनको कमाइले परिवारको छाक टार्नैै मुस्किल हुन्छ । त्यसैले उनकी श्रीमती २७ वर्षकी हलीमाले मागेरै भएपनि केही पैसा र खाना जुटाउने गरेकी छिन् । गरिबीले गुजि्रएका समिम र हलीमाले पैसाकै अभावले छोराकेा उपचार गराउन नसकेको बताउँछन् । 


 


Powered by Blogger.