Header Ads

कुन ठाउँ नै बाँकी छ र: नेपाली कविताहरु


कुन ठाउँ नै बाँकी छ र,
सत्यता को खोजी मा,
तिम्रो फोटो राख्नु सकिन,
फाटी सकेको गोजी मा |


पाइला पाइला मा ठोकर लाग्छ,
खोला नला ले धिकार्छ,
जती अगी बढ्नु खोज्छु,
पहाड पर्वत को चित्कार छ |


भुल भएछ अन्जान जिन्दगीमा,
वेबस भएर सुधारी दिन्छु,
चिच्याई रहेको माटो छ,
सब्द सब्द मा उतारी दिन्छु |


बेहोसी को धनु चलाई,
उज्यालो तिर ताकी दिन्छु,
सकी सकेछ सब्द हरु,
भावना संग बाँकी लिन्छु |


छल कपट को पानी छ,
कुन नदी मा नाउँ चलाउँ,
मरी सकेको मुटु छ,
कुन मुटुले दियो जलाउँ |

आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.