Header Ads

शिख धर्मावलम्बीवीच तरबार हानाहान

भारतको अमृतसरस्थित स्वर्ण मन्दिरमा झडप भएको छ । दुई गुटबीच भएको झडपमा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार स्वर्ण मन्दिरमा अपरेशन ब्लू स्टारको तीस वर्ष पूरा नभएको अवसरमा विशेष प्रार्थना आयोजना गरिएको थियो । कार्यक्रममा पहिले को बोल्ने भन्ने विषयलाई लिएर चर्किएको विवाद बढ्दै गएपछि त्यसले झडपको रुप लिएको बताइएको छ । शिख धर्मको पवित्र मन्दिरमा भएको झडपमा सहभागीहरुले लाठी र तरवार चलाएको दृश्य भारतीय टीभीहरुमा प्रशारण भएको छ । सन् १९८४ मा अमृतसरको स्वर्ण मन्दिरमा चरमपन्थीहरुलाई बाहिर निकाल्न गरिएको कारबाहीमा कन्तिमा १००० को मृत्यु भएको थियो, त्यसलाई अपरेशन ब्लू स्टार नाम दिइएको छ । उक्त घटना भएको तीस वर्ष पुगेको दिनमा आयोजित कार्यक्रममा यस्तो भडप भएको हो ।
Powered by Blogger.