Header Ads

वरी परी सुन खरी : नेपाली कविताहरु


वरी परी सुन खरी,
लतिका लहरा काँडा सरी,
बुहारी झार लुकी दिन्छ,
हिंड पर सरी |


हाम्रो बाटो छेकी दिन्छ,
काँडे तारले रोकी दिन्छ,
रात् रहेछ धेरै गहिरो,
बिना कान मा खोकी दिन्छ |


आकाश झर्छ भनेर,
ढाड मा गोट्टी फ्याँकी दिन्छ,
फेर्केर नहेर तिमीले,
जिउँदो तिमीलाई निली दिन्छ |


नियांली हेर चारै तिर,
फैलिएको छ ज्योती हरु,
गहिराई मा तिमी नडुब,
किनार मै छ मोती हरु |


आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.