Header Ads

नयाँ सुर्य को किरण : नेपाली कविताहरु

 नयाँ सुर्य को किरण,
नयाँ आमा को भाग मा पर्छ,
आसमान बाट झरेर मोती,
मान्छे जाती को काख मा पर्छ |


मुटुको ढुक- ढुकी मा बाँच्ने यो जिन्दगी,
खेली बस्छ जिन्दगी को दौडमा,
कहिले जीत् छ कहिले हार छ,
यहाँ जिन्दगीको मोड़ मा |


रात को गहिराई मा,
झस्किने गरी यो मुटुलाई छोई दिन्छ,
सत्यता को सपनी हरुमा,
मरी -मरी रोइ दिन्छ |


पक्षतापको आगो मा जलेर,
सकिन यहाँ रोकेर,
आँखा भरी आँसु छ,
हात मा खरानी बोकेर |


आयो गयो हावा को झोंका हरु,
आउनै छ ,जानै छ जिन्दगीको धोका हरु |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.