Header Ads

फेला पर्यो विश्वको सबैभन्दा पूरानो पाइजामा

हजारौँ वर्ष पूराना मानिसका कंकाल तथा हिउँमा रहेका लाशहरु फेला परेको कुरा त सुनिएकै हो । तर चीनमा भने मानिसले लगाउने ३ हजार वर्ष पूरानो पाइजामा फेला परेको छ । चीनको तारीम बेसिन क्षेत्रमा उत्खननका क्रममा वैज्ञानिकहरुले यो पाइजामा फेला पारेका हुन्, जो विश्वकै अहिलेसम्म प्राप्त सबैभन्दा पूरानो लुगा भएको दाबी गरिएको छ । प्राचीन यंगहाइ चिहान क्षेत्रमा फेला परेको उक्त पाइजामा भेटिएपछि मानिसले कति पहिलेदेखि यस्ता लुगा लगाउन सुरु गरेका रहेछन् ? भन्ने कुरा पत्ता लगाउन सहज बन्ने वैज्ञानिकहरुको दाबी छ । विज्ञान प्रविधि सम्बन्धि समाचार वेबसाइट फिजओर्गका अनुसार कार्बन डेटिङ प्रविधिद्धारा यो पाइजामाको उमेर पत्ता लगाइएको थियो । जसबाट पत्ता लाग्यो की यो पाइजामा ३ हजार वर्ष पहिले बनाइएको रहेछ । उक्त चिहान क्षेत्रमा मानव हड्डीका साथै घोडाको एक लगाम पनि फेला परेको बताइएको छ । यसबाट वैज्ञानिकहरुले के अनुमान लगाएका छन् भने घोडसवारीका बेला सजिलो होस् र छालामा बढि घर्षण र जलन नहोस् भनेर मानिसले उतिबेलैदेखि पाइजामा लगाउने गर्थे ।
Powered by Blogger.