Header Ads

थकित भएर जिन्दगी देखी : नेपाली कविताहरु

 
थकित भएर जिन्दगी देखी,
उ खाट माथी सुत्यो,
उसको किस्मत फुट्यो,
के सम्झेर हो कुन्नी,
जुरुक्क उठ्यो, अन्धकार मा कुद्यो |

भिर को शिर मा पुग्यो,
लोग्ने लाई सोंच्यो ,आंधी आएर तर्क्यो,
"आमा...."...मुटु नै चर्क्यो.....
एक कदम पछी सर्यो,
उ घर तिरै फर्क्यो |

धेरै पल्ट ढोका हल्लायो,
कोही पनि बोलेन,
ऋण परेको साहु सोंची,
ढोका खोलेन |

वाक्क -दिक्क भएर ढोका खोल्नु,
उ बिवस भएछ,
सात वर्ष अघि मरेको लोग्नेलाई देखी,
उ बेहोश भएछ |

क्षत्रे टोपी ,आँखा लाई छोपी,
फेर्केर आएछ,
सात वर्ष पछी दुश्मन लाई फेरी,
मारेर आएछ |

"लंड़ाइमा म परेको थिए,
चाईनाको जेलैमा,
मुला झैं काटे ,फेर्केर आए,
दार्जीलिंग को रेलैमा |"

मरेको मान्छे ,जिउँदो देखी,
गाँवै तर्सेको थियो,
आँफु मरेको बातहरु सुनी,
मुटु खोर्सेको थियो |

ढुंगरी फुल फुलेछ आज,
त्यो पारी पाखैमा,
नानी र आँफुलाई पाएछ फेरी,
लोग्ने को काखैमा |

"ए मेरी मनु ! सात वर्ष तिमीले,
कसरी कटायै?
दु:खको आंधी ,निधार मा बाँधी,
कसरी बितायैा ?"

"दु:ख र सुख के भन्नु मैले,
तिमीनै ठुलो हो,
तिमी बिना को जीवन के भन्नु जीवन,
संसारै धुलो हो |"


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.