Header Ads

अनुराग को धेरै राग हरुमा : नेपाली कविताहरु


अनुराग को धेरै राग हरुमा,
माया को भारीले थिच्ला ,
जुत्ता छेंडने काँटी हरुले,
तिम्रो खुट्टा मा बिज्ला |


रहरहरुमा लागेको,
मुटु को चोट गहिरो हुन्छ,
तिम्रो निर्दोष परेली मा,
तिमीलाई बगाउने पहिरो हुन्छ |


चन्चले तिम्रो मुटुलाई,
आँफुले सम्हाली रोक्नु पर्छ
बोल्न नसक्ने मुर्ति हरुलाई,
तिमीले धेरै ढोकनू पर्छ |


अँध्यारो दिन भए पनि,
बादल को पछाडी घाम लाग्छ,
पानी झरी को आंधी मा,
उज्यालो भन्ने नाम लाग्छ |


साँझ झरेको किरण मा,
सँगीत बजेको धुन लाग्छ,
खोजी हेर कालो रात लाई,
अन्धकार मा पनि जुन लाग्छ |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.