Header Ads

जालहारीले जाल हानेछ : नेपाली कविताहरु


जालहारीले जाल हानेछ ,
थाल माथि को खीरमा ,
शायद गोर्खालाई देख्न सकेन ,
टेक्न खोजेछ शीरमा 


आफ्नै हातहरूले गन्ति गर ,
फाटेको गुन्यु-चोलीलाई ,
मुटु थामेर पर्खी बस ,
भाग्यले के भन्छ भोलीलाई 


फर्केर हेर अतीत लाई ,
भत्की सकेको बासहरू ,
आफैलाई तिमी खोजीं हेर ,
खोसी सक्यो तिम्रा गाँसहरू 

ड़ुब्न नदेउ जीन्दगीलाई ,
छेवैमा छ किनारहरू ,
छेकेर राख , देखेर राख ,
पसिना सरिको निधारहरू


श्री आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.