Header Ads

गाई र गोरुको बिबाहमा ५ हजार जन्ती

गाई र गोरुको विवाह, त्यो पनि निकै तामझामका साथ । झण्डै ५ हजार मानिसको सहभागिता र १५ लाख रुपैयाँको खर्च । भारतको मध्यप्रदेशको इन्दौरमा गंगा नाम गरेको गाई र प्रकाश नाम गरेको गोरुवीच हालै भब्य विवाह भएको छ । खेतीलाई प्रकृतिक विपतबाट बचाउन भन्दै गंगाको मालिक गोपाल पटवारीले विवाह समारोह आयोजना गरेका थिए । गाई र गोरुको विवाह हिन्दु परम्पराअनुसार गरिएको थियो । बेहुलो झैं सिंगारिएको गोरुलाई भब्य बग्गीमा राखेर व्याण्ड बाजासहित बेहुली गंगाको घरमा ल्याइएको थियो, जहाँ धुमधामसित उनीहरुको बिबाह भयो । हिन्दु परम्पराअनुसार मानिसको बिबाह गर्न जेजस्त बिधि अपनाइन्छ ती सवै प्रकृया पुरा गरिएको थियो । 

प्रकृया पु¥याउन पण्डितको पनि ब्यबस्था थियो । बेहुलीका मालिक भन्छन –‘प्रकितिक विनास तथा भारी वर्षा जस्ता विपत्तबाट बचाउन गाउँका साधुसन्त र पवित्र पुरुषहरुको सल्लाहमा यो विवाह गरिएको हो । बिबाह समारोहमा गाउँका झण्डै ५ हजार मानिस सहभागी थिए । बेहुलीका मालिक भन्छन– गंगा र प्रकाशवीच दाम्पत्य जीवन सुरु भएको छ, उनीहरुले राम्रोसँग गृहस्थी चलाउन, बच्चा पाउन र सुखी जीवन बिताउन भन्ने हाम्रो चाहना छ ।’ गाउँका २५ घर परिवारको आयोजनामा भएको बिबाह तयारीका लागि करिव दुई महिना लागेको थियो । 









Powered by Blogger.