Header Ads

टीभीमा अन्तरवार्ता दिँदादिँदै लुटिइन् महिला

ब्राजिलको रियो दि जेनेरियोमा लुटपाटका घटना बढिरहेका छन् । यस्ता घटना बढेकोमा मानिसहरु चिन्तित छन र सुरक्षा दिन नसकेकोमा त्यहाँको स्थानीय प्रशासनप्रति असन्तुष्ट पनि । यसै मेलोमा ब्राजिलको आरजेटीभीले स्थानीय बासिन्दासँग तपाईको टोलमा लुटपाट बढिरहेको छ कि छैन भनी सोधिरहेको थियो । ब्यस्त सडक किनारमा टीभी रिपोर्टरले एक अधबैंसे महिलासँग यो प्रश्न राखे । ती महिलाले लुटपाट बढेको भन्दै आफ्ना कुरा राख्न थालिन् । टीभीमा अन्र्तवार्ता दिंदै गर्दा एक युवक उनीमाथि झम्टिए र घाँटीमा रहेको सिक्रि ताने । महिला चिच्चाउँछिन, अनि अन्र्तवार्ता लिइरहेको रिपोर्टर पनि ती महिलालाई छाडेर चोरको पछि–पछि लाग्छ । दृष्यमा चोर भागिरहेको हुन्छ भने टीभी रिपोर्टर पछिपछि कुदिरहेको हुन्छ । तर, भाग्यवश चोरले ती महिलाको घाँटीको सिक्रि लैजान पाएन् । घटनापछि महिला सिक्रि आफ्नो हातमा देखाउँदै हाँस्छिन् 


Powered by Blogger.