Header Ads

१० बर्षदेखि लगातार बेहुलीको जीवन

बिबाह जिन्दगीको अबिष्मरणीय क्षण हो । यस्तो क्षणलाई ताजै राख्न मानिसहरु तस्वीर खिच्छन र भिडियो बनाउँछन । किनकी सधै दुलाहा दुलही भइरहन सम्भव छैन् । तर, संसारमा असम्भव धेरै चीज चीनमा सम्भव हुन्छन् । त्यहाँकी एक महिला गत १० बर्षदेखि लगातार दुलही बनिरहेकी छिन् । १५ वर्ष लामो नारकीय जीवनबाट उन्मुक्ति पाएसँगै बैबाहिक बन्धनमा बाँधएकी झियांग जुनफिंगले विवाहको क्षणलाई ताजै राख्न १० बर्षदेखि हरेक दिन वेडिङ गाउन लागाउँछिन् । शानडोङ प्रान्तमा बस्ने ४७ वर्षकी उनी भन्छिन्–मेरो विवाहको दिन मेरो जिन्दगीको सबैभन्दा खुसीको दिन थियो । म चाहन्थेँ कि यो दिन कहिल्य नसकियोस् । यसैले मैले हरेक दिन बेहुलीको पहिरन लगाउने निर्णय गरेँ ।’ 
 
उनीसँग विवाहमा लगाएको बाहेक अन्य चार वेडिंग ड्रेस छ । झियांग १८ वर्षको हुँदा अपहरणमा परिन् र अपहरणकारीले एक बृद्धलाई बेचिदिए । ती बृद्धले उनलाई विवाह गर्न दबाव दिए र दासका रुपमा राखे । जहाँ उनले त्यहाँ १५ वर्ष नारकीय जीवन बिताउनु पर्यो । एक दिन स्थानीय महिलाको सहयोगमा उनी भागिन् । तीनै महिलाले आफ्नो दाई झु झेंग लिओङसँग परिचय गराइन् । सुरुमा उनी पुरुष देख्नासाथ त्यही बृद्धलाई सम्झन्थिन् र भेट्न समेत अस्वीकार गर्थिन् । तर, विस्तारै उनीहरु नजिकिए र २००४ मा बिबाह बन्धनमा बाँधिए । झियांग भन्छिन्–मैले हिंसक पुरुष मात्र देखेको थिएँ, जसका कारण म पुरुषबाट पर रहन्थेँ । तर, मेरो नयाँ साथीले मलाई फरक व्यवहार ग¥यो । उसले विवाहको प्रस्ताव गर्दा मलाई पत्यार नै लागेको थिएन ।’





Powered by Blogger.