Header Ads

दैनिक ५१ केरा खाएर स्लीम बनिन यी युवती

फिट रहने हरेकको इच्छा हुन्छ । फिट हुनका लागि मानिसहरु पानी सरह पैसा बगाउनसमेत पछि पर्दैनन् । कोही जिम जान्छन् त कोही खानपानमा निकै ध्यान दिन्छन् । तर, अष्ट्रेलियाकी युवती भने केरा खान्छिन्, त्यो पनि हरेक दिन ५१ वटा । बिगत ७ बर्षदेखि यसैगरि केरा र फलफुलको झोलमात्र खाएर बसेकी उनी निकै स्वस्थ र स्लिम छिन् । ‘डाइट गुरु’ र ‘फ्रिली द बनाना गर्ल’ भनेर समेत चिनिने यी युवतीले युट्युवमार्फत् भेजिटेवल डाइटको प्रचार गर्छिन र आफ्ना फलोअरलाई सकेसम्म धेरै फलफुल खान गर्न प्रेरित गर्छिन् । यतिसम्मकी उनी गर्भवती हुँदासमेत अन्नको एक गेडो पनि खाइनन् । आमा र सन्तान दुवैको अबस्था निकै राम्रो छ । उनी चार बजेअघि केराको घोलमात्र पिउँछिन । चार बजेपछि एकथरीमात्र फलफुल र आलुको परिकार खान्छिन् । फलफुलबाटै दिनमा २ देखि ५ हजार क्यालोरी प्राप्त गर्छिन् । केराबाहेक आँप, सुन्तला र खरबुजा उनका दैनिक आहार हुन् । एकदमै स्लीम भएकोमा कतिपयले उनको आलोचना गरेपछि उनको युट्युव च्यानलमा १ लाख ६६ हजार ग्राहक छन् । जहाँ उनका नियमित डाइट टिप्स हेरिन्छन् ।
Powered by Blogger.