Header Ads

जीउभरि झण्डै पांच लाख माहुरीको बास

एक चिनियाँ किसानले झण्डै ४ लाख ६० हजार माहुरीले आफ्नो कुरै शरीर ढाकेर दुनियाँलाई चकित पारेका छन् । उनले धेरै मह बेच्ने उद्देश्यले यो खतरनाक स्टन्ट गरेका हुन् । ३४ वर्षका शी पिङ चोङकिङ शहरमा बस्छन् । उनले शहरको बाहिरी इलाकास्थित एक पहाडमा ९ अप्रिलमा ४५ किलोभन्दा बढी माहुरी आफ्नो शरीरमा बसाए । सुरुमा अर्धनग्न अवस्थामा रहेका उनले माहुरीहरु आफूतिर आकर्षित गर्न रानी माहुरी प्रयोग गरे । रानी माहुरी जहाँ बस्छ, अन्य माहुरी त्यही आएर बस्ने गर्छन् । उनको शरीरमा यति धेरै माहुरी बसाउन उनकी पत्नी र चार साथीले सहयोग गरेका थिए । माहुरीले उनको शरीर ढाक्न झण्डै ४० मिनेट लागेको थियो । शी भन्छन–‘साँच्चै भन्नुपर्दा मलाई सुरुमा निकै डर लागेको थियो । तर, महको प्रचार गर्न चाहन्थेँ त्यसैले हिम्मत हारिन ।’ ४० मिनेटको उनको स्टन्टका दौरान करिव ४० पटक माहुरीले उनलाई टोके । उनले २२ वर्षको उमेरमा शरीरमा माहुरी बसाउन थालेका हुन् । २०१२ अप्रिलमा उनले आफ्नो शरीरमा ३ लाख ३१ हजार माहुरी बसाएका थिए । 






Powered by Blogger.