Header Ads

रुसले युक्रेनलाई 'अस्थिर' बनाएको आरोप

अमेरिकी विदेशमन्त्री जन केरीले पूर्वी युक्रेनमा जारी गतिरोध र अस्थिरताका लागी रुसको छलछाम जिम्मेवार रहेको आरोप लगाएका छन्। एकदमै अस्वाभाभिक रुपमा कडा शब्दको प्रयोग गर्दै अमेरिकी विदेशमन्त्रीले जेनेभामा अघिल्लो हप्ता भएको सहमति बमोजिम तनाव कम गर्न रुसले एउटा पनि कदम नचालेको बताए। अमेरिकाले मस्कोलाई संकट समाधान गर्न सहयोग गर्न अथवा थप प्रतिबन्धहरु भोग्न तयार रहन चेतावनी दिएका छन्।

आक्रामक
केरीले किएभको अन्तरिम सरकारको प्रशंसा गर्दै उनीहरुले अघिल्लो हप्ता जेनेभामा भएको सहमतिको सम्मान गरेको र तनाव कम गर्न आफ्नो तर्फबाट प्रयास गरेको बताए। उनले पूर्वी युक्रेनमा जारी गतिरोध र अस्थिरताका लागी रुसको छलछाम जिम्मेवार रहेको आरोप लगाए। उनले भने, “अहिलेसम्म कुनै पनि रुसी अधिकारीले युक्रेनको मामिलामा सार्वजनिक रुपमा टेलिभिजन मार्फत बोल्दै पृथकतावादीहरुलाई जेनेभामा भएको सहमती अनुसार हतियार बुझाउन र कब्जा गरिएका युक्रेनी भवनहरु छाड्न आग्रह गरेका छैनन्।”
यसअघि रुसले अमेरिकालाई मस्को समर्थक प्रदर्शनकारीहरुमाथी पूर्वी युक्रेनमा भएका खानतलासी किएभबाट रोकाउन आग्रह गरेको थियो। त्यस लगतै सिमा क्षेत्रमा नयाँ सैन्य अभ्यास गर्ने रुसको घोषणाको युक्रेनले भत्सर्ना गरेको छ।

तनाव
एउटा धरपकडमा पूर्वी युक्रेनको स्लोभियान्स्क क्षेत्रमा दुई जना पृथकतावादी मारीएपछी रुसले कडा प्रतिक्रिया जनाइरहेको छ। त्यसबारे जानकारी पाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै जनता बिरुद्ध सेना परिचालन गर्न किएभको निर्णयलाई गम्भिर अपराधको संज्ञा दिएका थिए। अमेरिकी विदेशमन्त्री केरीले दोनेत्सक र अन्य शहरहरुका स्थानिय मिलिसियाहरुलाई हात हतियार, जनशक्ती र पैसा मस्कोले उपलब्ध गराएर उनीहरुको गतिविधिलाई संयोजन गरिरहेको भन्नेमा अमेरीकी गुप्तचर निकाय विश्वस्त रहेको बताए।
रुसले आफ्नो कदमहरुमा पुनर्विचार नगरे अमेरीकाले थप कार्वाही अघि बढाउने चेतावनी उनले दिएका छन्।
स्थिति विग्रदै गए मस्कोले सन् २००८ मा जर्जीयामा जस्तै गरी अन्तराष्ट्रिय कानुन अनुसार युक्रेनमा शान्ती सैनिक पठाउन सक्ने राष्ट्रसंघका लागी रुसी राजदुत भिताली चुरकिनले बताएका छन्।

Powered by Blogger.