Header Ads

कलियुगमा भेटिए यस्ता दानी, जुत्ता दिएर खाली खुट्टा

आजभोलि कसलाई पो अरुको बारेमा सोच्ने समय छ र ? सबै मानिस आत्मकेन्द्रीत भएका छन् । तर, यसको अर्थ सत्य, अरुको हित चाहनेहरु निमिट्यान्नै भए भन्ने चाहिँ होइन । क्यानाडामा एक व्यक्तिले बसमा एउटा खुट्टामा मात्र जुत्ता लगाएका व्यक्तिलाई आफ्नो जुत्ता दिएका छन् । उनी भने खाली खुट्टा हिडेर गन्तब्यतिर लागे । जुत्ता पाउने सरजित सिंह विर्कले भनेका छन्-उनले आफ्नो जुत्ता र मोजा फुकाले र भने- यो तिमी लेउ । मेरो बारेमा चिन्ता नगर ।’ यसरी आफू खाली खुट्टा हिडेर अरुलाई जुत्ता दिने व्यक्ति मुस्लिम हुन् । तर, उनले आफ्नो परिचय खुलाउन अस्वीकार गरेका छन् । उनले भनेका छन्-’मैले उसलाई कठिन भएको महसुस गरेँ । उनले खुट्टामा प्लास्टिक लगाएका थिए । मलाई घर पुग्न दुई मिनेट हिडे पुग्ने अवस्था थियो । त्यसैले मैले आफ्नो जुत्ता उसलाई दिएँ ।’ एक यात्रुले आफू खाली खुट्टा हिडेर गएको देख्दा बसमा यात्रारत सबै दंग परेका थिए । बसका ड्राइभरले घटनाको तस्वीर समाजिक सञ्जालमा राखेका छन्, जुन निकै भाइरल भएको छ ।
Powered by Blogger.